केजीएफ अभिनेता यशका प्रशंसकले गरे आत्महत्या, यस्तो रहेछ अन्तिम इच्छा - Khabar Nepali
  • शनिबार, फागुन १५, २०७७

केजीएफ अभिनेता यशका प्रशंसकले गरे आत्महत्या, यस्तो रहेछ अन्तिम इच्छा

साउथ सुपरस्टार तथा केजीएफ स्टार यशका २५ वर्षीय प्रशंसकले आत्महत्या गरेका छन् । उनले ‘सुसाइड नोट’ लेखेर आफ्नो अन्तिम इच्छाको बारेमा पनि उल्लेख गरेका छन् ।

कर्नाटकको मांड्या जिल्लाका रामकृष्ण नाम गरेका फ्यानले आत्महत्या गरेका हुन् । अभिनेता यश र राज्यका विपक्षी नेता सिद्धारमैयाको प्रशंसक रामकृष्णले आफ्नो अन्तिम संस्कारमा उनीहरु उपस्थित हुन् भन्ने अन्तिम इच्छा नोटमा उल्लेख गरेका थिए ।

यो खबर पाएपछि यशले ट्विट गर्दै दुख व्यक्त गरेका छन् । “हामी अभिनेताहरु तपाईंको सिटी र ताली सुन्छौँ र तपाईंले दिने मायाकै लागि बाँच्दछौँ । मलाई तपाईंबाट यस्तो अपेक्षा थिएन,” उनले लेखेका छन् ।

नेता सिद्धारमैया भने रामकृष्णको अन्तिम संस्कारमै उपस्थित भए । उनले ट्विटमार्फत पनि दुःख व्यक्त गर्दै लेखेका छन्, “मलाई लाग्दैन कि मैले उनीसँग कहिल्यै भेटेको छु । तर, यस्तो परिस्थितिमा प्रशंसकसँग भेट्नु निकै दुखद् हो । कसैले पनि यति सानो उमेरमा जीवन त्याग्नु हुँदैन ।”

जिन्दगीमा कुनै पनि सम्बन्ध निभाउन सफल नभएका कारण आत्महत्या गर्न लागेको पनि रामकृष्णले नोटमा लेखेका थिए ।

सम्बन्धित खवर