मोदीले किन पाले लामो दाह्री ? मन्त्रीले दिए स्पष्टीकरण - Khabar Nepali
  • मङ्गलबार, फागुन २५, २०७७

मोदीले किन पाले लामो दाह्री ? मन्त्रीले दिए स्पष्टीकरण

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना महामारीपछि लामो दाह्री पालेको विषयलाई राजनीतिक वृत्तमा चर्चाको विषय बनाइन थालेको छ ।

लकडाउनपछि किन मोदीले आफ्नो लूकमा परिवर्तन ल्याए भनी मानिसमा जिज्ञासा छ ।

केही मानिसले बढेको दाह्रीलाई रवीन्द्रनाथ टेगोर र बंगालको विधानसभा चुनावसँग कनेक्सन जोडेका छन् ।

उत्तर प्रदेशका एक मन्त्रीले यसको उत्तर दिएका छन् ।

त्यस प्रदेशका ग्राम विकास मन्त्री राजेन्द्र प्रताप उर्फ मोती सिंहले फिरोजाबादमा एक प्रश्नको उत्तर दिने क्रममा बताए, ‘बंगालको चुनावमा रवीन्द्रनाथ टेगोरको काया र छाया मोदीजीको प्रस्तुतीकरणमा देखिन थालेको छ ।’

उनले थपे, ‘पश्चिम बंगालमा लोकतन्त्रको इतिहास मोदीजीप्रति विश्वास गर्दैछ । अहिंसाको माध्यमले बंगालको चुनाव भारतीय जनता पार्टीले जित्दैछ । चुनाव परिणाम आएको भोलिपल्ट मोदीजीको आशीर्वादले पश्चिम बंगालका मुख्यमन्त्री कमल हातमा लिएर पदको शपथ लिनेछन् ।’

सम्बन्धित खवर