विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी - Khabar Nepali
  • मङ्गलबार, फागुन २५, २०७७

विप्लवमाथिको प्रतिबन्ध फुकुवा गर्ने सरकारको तयारी

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । सिंहदरबारस्थित सुरक्षा परिषद्को कार्यालयमा मंगलबार बिहान बसेको बैठकले विप्लवमाथि लागेको प्रतिबन्ध फुकुवाका लागि सिफारिश गरेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषद्मा गृह, रक्षा मन्त्रीसहित प्रधानसेनापति रहने व्यवस्था छ । आवश्यक परेको समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई समेत बोलाउने व्यवस्था छ ।

मन्त्रिपरिषद् बैठकमार्फत सरकारले विप्लवमाथिको प्रतिबन्ध फुकाउँदै वार्ताका लागि आह्वान गर्ने तयारी सरकारको रहेको बताईको छ । यसअघि विप्लवले शनिवार विज्ञप्ति प्रकाशित गरी सरकारसँग वार्ता र संवादका लागि तयार रहेको बताएका थिए ।

त्यस्तै, सुरक्षा परिषद्को बैठकमा संसद् विघटनबारे सर्वोच्च अदालतले गर्ने फैसलापछिको सम्भावित सुरक्षा रणनीति बनाउन सुरक्षा परिषद्को बैठक बसेको हो ।

सम्बन्धित खवर