माधुरीले गरेको त्यो एउटा गल्ती - Khabar Nepali
  • मङ्गलबार, फागुन २५, २०७७

माधुरीले गरेको त्यो एउटा गल्ती

आफ्नो सौन्दर्यका कारण सबैलाई हायलकायल बनाउने बलिउड अभिनेत्री माधुरी दीक्षित अहिले पनि सबैका लागि चासो र चर्चाकी पात्र रहिरहेकी छिन् ।

पछिल्लो समय सामाजिक सन्जालमा निकै सक्रिय माधुरीले सानो होस् या ठूलो पर्दामा सबैमा आफ्नो बर्चश्व जमाएकी छिन् ।

अनि सामाजिक सन्जालमा चाहिँ माधुरी आफ्ना तस्वीर राखेर बारम्बार चर्चा कमाइरहेकी हुन्छिन् । यसपटक पनि उनले त्यस्तै गरिन् । तर, यसपटक उनले इन्स्टाग्राममा सेयर गरेको एउटा तस्वीरमा गल्ती देखियो ।

त्यो गल्ती थियो, फिल्म टोटल धमालबारे । फिल्म टोटल धमालमा माधुरीले २ वर्ष लेख्नु पर्नेमा २१ वर्ष लेखेर गल्ती गरेकी हुन् । तर, जब उनका प्रशंसकले यसबारे उनलाई भने, उनले यो गल्ती सच्याइहालिन् ।

सम्बन्धित खवर