अब क्याट्रिनाकी बहिनी पनि बलिउडमा - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

अब क्याट्रिनाकी बहिनी पनि बलिउडमा

बलिउडमा सबैभन्दा धेरै चर्चामा आउने अभिनेत्रीमध्ये एक हुन्, क्याट्रिना कैफ । क्याट्रिनाकी बहिनी इसाबेल कैफ पनि अब विस्तारै बलिउडका गसिपहरुमा आउन थालेकी छिन् ।

त्यसो त उनले स्वयं फिल्मको काम सुरु गरेकाले पनि उनी चर्चामा आउन थालेकी हुन् ।

झन् अचम्मको कुरा त के भने इसाबेलसँग अहिले एउटा होइन, तीन वटा फिल्महरु साथ रहेका छन् । इसाबेल अहिले चर्चामा आउनुको कारण चाहिँ उनले सलमान खानसँग फिल्म गर्नु पनि हो ।

टाइम टु डान्स, सुस्वागतम खुशामदीद, क्वाथा तीन फिल्म हुन् जसमा इसाबेलले काम गरिसकेकी छिन् । उनले काम गरेका यी फिल्मको फस्ट लुक पनि सार्वजनिक भइसकेको छ ।

सम्बन्धित खवर