‘प्रसाद २’ मा कलाकार उही निर्देशक फरक - Khabar Nepali
  • मङ्गलबार, फागुन २५, २०७७

‘प्रसाद २’ मा कलाकार उही निर्देशक फरक

चलचित्र ‘प्रसाद २’ बन्ने चर्चा चलेको लामो समय भयो । यसअघि प्रसाद दिनेश राउतद्वारा निर्देशित भएपनि यो अब आउन लागेको प्रसाद २ भने सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् ।

राउत भने चलचित्र ‘प्रकाश’ मा काम गरिरहेका छन् । यसैबीच ‘प्रसाद २’  मा निश्चल बस्नेत अनुबन्धित भइसकेका छन् । सुभाष थापाको निर्माणमा बन्ने चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठलाई पहिले नै अनुबन्धित गरिएको थियो ।

राउतले निर्देशन गरेको चलचित्रमा समेत विपिन, नम्रता र निश्चलको अभिनय रहेको थियो । निःसन्तान दम्पतिको कथामा निर्माण भएको ‘प्रसाद’ ले दर्शकको सकारात्मक प्रतिक्रिया पाएको थियो । ‘प्रसाद २’ मा निर्देशक फेरिए पनि कलाकार भने नफेरिने पक्का भएको छ ।

चलचित्रको कथा सुशील पौडेलले लेखेका छन् । चलचित्र चैत्रको दोस्रो साताबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ ।

सम्बन्धित खवर