आर्सनललाई पराजित गर्दै सिटी शीर्षस्थानमा - Khabar Nepali
  • मङ्गलबार, फागुन २५, २०७७

आर्सनललाई पराजित गर्दै सिटी शीर्षस्थानमा

गए राति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।

निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई एक-शुन्य गोलले पराजित गरेको हो ।

उक्त खेलमा सिटीका रहिम स्टर्लिङले निर्णायक गोल गरे । उनले खेलको खेलको दोस्रो मिनेटमा नै रियाद महारेजको पासमा  गोल गरे । त्यसपछि खेल अवधिभर कुनै गोल हुन सकेन ।

जितसँगै सिटी २५ खेलबाट ५९ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । भने पराजित भएको टिम आर्सनल ३४ अंकसहित १०औं स्थानमा छ ।

सम्बन्धित खवर