निफ्राको नयाँ रेकर्ड, सीईओको अन्तरवार्ताको कारणले हो कि ! के भने निफ्राका सीइओले - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

निफ्राको नयाँ रेकर्ड, सीईओको अन्तरवार्ताको कारणले हो कि ! के भने निफ्राका सीइओले

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को शेयर दोस्रो बजारमा कारोवार शुरू भएयता साताभरि नै सकारात्मक सर्किट लाग्यो ।

हालै आईपीओ जारी गरेको निफ्राको शेयर आइतवारदेखि दोस्रो बजारमा कारोवार शुरू भएको थियो ।

पहिलो साता आइतवार ३४० रूपैयाँमा शुरू भएको कारोवार आज आइतवार ६०० पुगेको छ।

साथै इन्फ्रास्टक्चर बैंकले राइट सेयर चाडै दिने भन्ने कुरा बजारमा हल्ला छ।

नेपाल इन्फ्रास्टक्चर बैंकका सिइओ अनुसार ” हामिले आईपिओ जारी गरेपछि धेरै मान्छेले विश्वास गरेर लगानी गर्नुभएको छ। यसले हामीलाई उत्साहित बनाएको छ। अहिले त यो पैसा पनि निक्षेपका रुपमा बैंकमै जम्मा हुने हो। तर, अर्को पाटो के पनि हो भने हामीले जनताको पैसा उठाएका छौं र उनीहरूलाई कता-कता दबाब पनि महसुस हुन्छ। हाम्रो बैंकको उद्देश्य नै दीर्घकालीन कर्जा लगानी गर्ने भएकाले प्रतिफल पाउन पनि केही समय कुर्नुपर्ने हुन्छ।तर, देशमा अहिले पनि सयौ खर्ब रुपैयाँ लगानी चाहिने पूर्वधार परियोजना आवश्यक छन्। जलविद्युत आयोजनामै ५० खर्ब रुपैयाँ आवश्यक छ। सहरी पुर्वाधार निर्माणको लागि पनि ठुलो रकम आवश्यक छ। यी पुर्वाधारहरुको निर्माण अहिलेदेखि नै धमाधम सुरु भयो भने हामीले पुँजी बढाउनु पर्ने पनि हुनसक्छ। त्यस्तो बेलामा सेयरधनीलाई राइट सेयर पनि दिन सकिन्छ।२ वर्षभित्र हामीसँग भएको सबै पुँजी परिचालन गर्ने र ४ वर्षभित्र एक अर्ब रुपैयाँको ब्यालेन्ससीट भएको कम्पनीको रुपमा बैंकलाई उभ्याउने कुरामा हामी दृढ छौं।”

यो समाचार तयार पार्दासम्म बैंकको शेयर मूल्य ९.८९ प्रतिशतले बढ्दै शेयर मूल्य ६ सय रुपैयाँ पुगेको छ ।

सम्बन्धित खवर