11.6 C
Kathmandu
Wednesday, January 25, 2023

कोरोना अपडेट: नेपालमा २४ घण्टामा ३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ९७ जना कोरोना संक्रमित थपिएका छन्। यसैसंगै नेपालमा संक्रमितको संख्या २ लाख ७३ हजार २६३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये १ हजार ५८३ जना सक्रिय संक्रमित छन्।

कोरोना संक्रमितको कारण गत २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार६१ जना पुगेको छ। हाल ६८ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा २ हजार ९३१ जनाको पिसिआर परीक्षण गर्दा ९७ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ३४ हजार २६१ पुगेको छ।

गत २४ घण्टामा ११४ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ६१९ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, देशभर हाल ७१ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्।

Latest news
Related news