'श्वेता तिम्रो माइक अन छ' भन्ने किन भाइरल भइरहेछ ? कुरा यस्तो हो - Khabar Nepali
  • मङ्गलबार, फागुन २५, २०७७

‘श्वेता तिम्रो माइक अन छ’ भन्ने किन भाइरल भइरहेछ ? कुरा यस्तो हो

अहिले सोशल मीडियामा एउटा जूम कल भिडियो निकै भाईरल भईरहेको छ। सो जूम कल भिडियोमा श्वेता नामकी केटीले एउटी महिला साथीसँग उनको केटा साथीको विगतको सम्बन्धको बारेमा कुरा गरिरहेकी हुन्छिन्। अनलाईन क्लास भईरहेको बेला श्वेताले माइक बन्द गर्न बिर्सिन्छिन् र उनको फोनको कुराकानी क्लासमा उपस्थित सबैले सुन्छन्। यो भाइरल भिडियोले अहिले सोशल मिडियामा तहल्का पिटिरहेको छ।

उक्त भाइरल जूम कल भिडियोमा १११ जना बढी विद्यार्थीहरू उपस्थित रहेका थिए। सो भिडियोमा श्वेता एक सहभागी साथी राधिका नाम गरेकी केटिसँग छुट्टै कलमा कुरा गरिरहेको देखिन्छ। तर श्वेताले माइक बन्द गर्न बिर्सिन्छिन् र उनको फोनको कुराकानी क्लासमा उपस्थित सबैले सुन्छन्।

भाइरल भिडियोमा, श्वेता कलमा केटाहरूको रोमान्टिक सम्बन्धको बारेमा कुरा गर्छिन्। सो कलले सबैको ध्यान आकर्षण गर्‍यो किनभने श्वेताले केटाको सम्बन्धको बारेमा गहन विवरणहरू छलफल गर्छिन्। उनका सहभागी साथीहरुले उनलाई “श्वेता माइक अन छ” भनेर भन्छन् तर श्वेता केहि पनि सुन्दिनन्।

भिडियो हेर्नुहोस्:

सम्बन्धित खवर