प्रेमीसँग मिलेर आफ्नै परिवारका ७ जनाको ज्यान लिएकी महिलालाई भारतमा पहिलो पटक फाँसी दिदै - Khabar Nepali
  • मङ्गलबार, फागुन २५, २०७७

प्रेमीसँग मिलेर आफ्नै परिवारका ७ जनाको ज्यान लिएकी महिलालाई भारतमा पहिलो पटक फाँसी दिदै

भारतमा ७ जनाको ज्यान लिएकी एक महिलालाई फाँसीको सजाय दिइने भएको छ । २००८ को अप्रिल महिनामा प्रेमीसँग मिलेर सातजनाको बन्चरोले हानेर ज्यान लिएकी शबनम भारतमा फाँसि सजाय पाउने पहिलो महिला हुनेछिन् ।

उनले परिवारमा प्रेम नस्वीकारेपछि प्रेमि सलीमसँग मिलेर परिवारका ७ जनाको ज्यान लिएकी थिइन् । अब उनीहरु दुवैलाई फाँसि दिन लागिएको भारतिय मिडियामा जनाइएको छ ।

स्वतन्त्र भारतमा अहिलेसम्म कुनै महिलालाई फाँसीको सजाय दिइएको छैन । महिलालाई फाँसि दिन लागिएको देशको इतिहासमै पहिलो पटक हो । यस घटनामा सबै अदालतले फाँसीको सजायलाई यथावत राखेका छन् ।

सर्वोच्च अदालतले फाँसीको सजाय सुनाएकी शबनम-सलीमको दया याचिका राष्ट्रपतिबाट पनि खारेज भइसकेको जनाइएको छ ।

अहिले फाँसीको मिति तय नभएको र यसको तयारी शुरु गरिएको बताइएको छ । अदालतबाट फाँसीको मिति तय भएपछि उनलाई फाँसी दिइनेछ ।

प्रेमीसँग विवाह गरिदिन परिवारले नमानेपछि  शबनमले आफ्ना मातापिता, दाजु, भाउजु, भाइसहित ७ जनाको ज्यान लिएकी थिइन् । अनुसन्धान गर्दा शबनमले ज्यान लिएको खुल्यो ।

मुद्दाको सुनुवाइ चलिरहँदा शबनमले जेलमै सलीमको बच्चा पनि जन्माएकी थिइन् । यो घटना उत्तर प्रदेशको अमरोहामा बावनखेडी गाउँको हो ।

सम्बन्धित खवर