कति दिनमा निफ्राको एक कित्ताको रु.१५०० पुग्ला - हिसाब सहित - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

कति दिनमा निफ्राको एक कित्ताको रु.१५०० पुग्ला – हिसाब सहित

नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को शेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । आज बिहिबार बिहान पनि नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’को शेयर मूल्यमा लगातार सकारात्मक सर्किट लागेको छ । मूल्य ५४६ पुगेको छ । दोस्रो दिन सर्किट लागेर बैंकको अन्तिम कारोबार ४११ मा भएको थियो । तेस्रो दिनको कारोबारमा प्रि ओपनमा बैंकको मूल्य ४३१ पुगेकोमा नियमित कारोबार सुरु भएको १ मिनेट मै बैंकको शेयर मूल्यमा सर्किट लागेको हो ।

नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को शेयर बजार यसरि नै बढ्ने हो भने कति दिन सम्ममा १ कित्ताको रु.१५०० पुग्ला त ? अहिले नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को शेयर १०% का दरले बढिरहेको छ। यदि यहि दरले बढ्ने हो भने भोलि रु. ६०० पुग्नेछ। यसै दरले बढ्ने हो भने कहिले सम्म निफ्राको एक कित्ताको रु. १५०० पुग्ला त ? हामीले हरेको दिन मात्र १०% का दरले मात्र बढ्ने हो भने कहिले रु. १५०० पुग्नेछ भनेर सानो आकडा तयार परेका छौ।

आजको मिति २०७७/फाल्गुन/६ गते रु.५४६ पुगेको छ। १०% का दरले बढ्ने हिसाब गर्दा:

फाल्गुन/९ : रु. ६००
फाल्गुन/१० : रु. ६६०
फाल्गुन/११ : रु. ७२६
फाल्गुन/१२ : रु. ७९९
फाल्गुन/१३ : रु. ८७९
फाल्गुन/१६ : रु. ९६७
फाल्गुन/१७ : रु. १०६३
फाल्गुन/१८ : रु. ११७०
फाल्गुन/१९ : रु. १२८७
फाल्गुन/२० : रु. १४१६
फाल्गुन/२३ : रु. १५५७

यसरि नै बढ्ने हो भने अबको ११ दिनमा निफ्राको एक कित्ताको रु. १५०० पुग्नेछ। तर बजारलाई कसैले चिनेको हुदैन।  बजार भाउ के हुन्छ।  कसैले जान्न सक्दैन, यो मात्र एक आकलन हो।

सम्बन्धित खवर