इन्टरनेट गुणस्तर प्रतिवेदनमा नेपाल पुछारमा - Khabar Nepali
  • मङ्गलबार, फागुन २५, २०७७

इन्टरनेट गुणस्तर प्रतिवेदनमा नेपाल पुछारमा

ब्रोडब्याण्ड च्वाइसले विश्वव्यापी इन्टरनेट पुहँचको विषयमा नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । बेलायती अनुसन्धान संस्था ब्रोडब्याण्ड च्वाइसले भर्खरैमात्र इन्टरनेट एक्सेसिबिलिटी इन्डेक्स–२०२१ सार्वजनिक गरेको हो।

उक्त संस्थाले १६९ देशको ब्रोडब्याण्ड तथा मोबाइल पूर्वाधारका आधारमा प्रतिवेदनले नयाँ तथ्य बाहिर ल्याएकाे छ । सो प्रतिवेदनमा नेपालको इन्टरनेटकाे गुणस्तर भने पुछारतिर अर्थात् १३२ औं स्थानमा रहेको छ ।

उक्त प्रतिवेदन फिक्स्ड ब्रोडब्याण्डको गति, होम इन्टरनेट प्याकेजको मूल्य, मोबाइल डेटा (प्रति जीबी), इन्टरनेट पुहँचमा रहेको देशको जनसंख्याको आधारमा अध्ययन गरिएको हो। साथै कभरेज, सार्वजनिक रुपमा उपलब्ध वाईफाई हटस्पटको संख्या र आफ्नै भाषमा सञ्चालनमा रहेका वेब पेजको हिस्सालाई आधार मानी प्रतिवेदन तयार पारिएको उल्लेख गरिएको छ ।

सम्बन्धित खवर