11 C
Kathmandu
Thursday, January 26, 2023

‘मार्सी बियर’ फागुन १८ गतेदेखि बजारमा

यही फागुन १८ गतेदेखि व्यवसायी दुर्गा प्रसाईंले मार्सी ब्राण्डको बियर बजारमा ल्याउने भएका छन् । प्रसाईंले भैरहवा स्थित टाइगर बियरको फ्याक्ट्री खरिद गरेर सो कम्पनीमै मार्सी बियर उत्पादन शुरु गरेका हुन् । यसका लागि उनले हालसम्म साढे ४ अर्ब रुपैयाँ लगानी गरिरहेका छन् ।

अहिले कम्पनीमा ५ सयभन्दा बढी कर्मचारी कार्यरत रहेको र आगामी दिनमा २ हजार व्यक्तिले रोजगारी पाउने प्रसाईंले बताए। साथै कम्पनीमा उनले थप २ अर्ब रुपैयाँ थप लगानी गर्ने योजना बनाएका छन् । उक्त कम्पनीमा हालसम्म एक घण्टामा २२ हजार बोतल उत्पादनको क्षमता रहेको छ। मार्सी बियर भारत निर्यातका लागि ४० लाख बोतलका लागि सम्झौता पनि भइसकेको उनले जानकारी दिए ।

कर्णालीमा उत्पादन हुने मार्सी चामल ३० प्रतिशत र बाँकी ७० प्रतिशत माल्ट प्रयोग गरेर मार्सी नाममा बियर उत्पादन गरिने छ । हाल मार्सी बियर प्रिमियम र स्ट्रङ गरी दुई वटा ब्राण्डमा उत्पादन हुनेछ भने भविष्यमा ड्राफ्ट बियर पनि उत्पादन गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

Latest news
Related news