बेलायतमा थप २ नेपाली कोरोना संक्रमणले मृत्यु - Khabar Nepali
  • शनिबार, असोज ३०, २०७८

बेलायतमा थप २ नेपाली कोरोना संक्रमणले मृत्यु

३ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण विदेशमा थप २ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार पछिल्लो साता बेलायतमा २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । यससँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ । हालसम्म २१ देशमा कोरोना संक्रमणले नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ ।

एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार १२१ पुगेको छ । तीमध्ये ५८ हजार ४ सय ३२ जना कोरोनामुक्त भएका छन् ।

संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सम्बन्धित खवर