कहाँ बाट कसरी आयो यति धेरै सहयोग, सबिताको परिवारमा छायो मुस्कानको लहर (भिडियो सहित्) - Khabar Nepali
  • आइतबार, साउन २५, २०७७

कहाँ बाट कसरी आयो यति धेरै सहयोग, सबिताको परिवारमा छायो मुस्कानको लहर (भिडियो सहित्)

मोरङ- मोरङको पथरी शनिश्चरे नगरपालिका वडा न. ४ निवासी सबिता श्रेष्ठको श्रीमान मिलन थेबे ( लिम्बू ) विगत २ बर्ष देखी सम्पर्क बिहिन भएका छन्। कमाउन जान्छु भनि हिडेका श्रीमान उता उतै सम्पर्क बिहिन भए पछि सबिताको जिवन निकै कस्टकर बन्यो । श्रीमान आज पो आउछन् कि भोली पो आउछन् कि भन्दै बाटो हेर्दा हेर्दै २ बर्ष बित्यो ।

सबिताको एक छोरी र एक छोरा रहेका छन् । खान, लाउन तथा सन्तानलाई पढाउन सबितालाई धौ-धौ परिरहेको अबस्था थियो । ४ नम्बर वडा कार्यालय र छिमेकीहरुको सहयोगमा जसो तसो जिवन चलाउदै आएकी थिईन । वडा बाट २ पटक पाएकी खाद्दन्न सक्कीए पछि के खाने भन्ने चिन्ताले सबितालाई सताउन थाल्यो ।

 

युटुब च्यानल ईस्वर दुलालमा भिडियोमा समाचार बाहिरिए पछि मोरङको पथरी शनिश्चरे नगरपालिका वडा न. ९ निवासी हाल हंङकङ बस्दै आएका नरेश नाल्बो बाट १० हजार, स्व. बिष्णुमाया लिङथेपको तिथीको अबसर पारी उहाँको परिवार जन बाट १६ हजार पाँच सय बराबरको आर्थिक तथा रासन सहयोग आयो ।

त्यसैगरी बेलायतमा बस्दै आउनु भएकी समाज सेवी तथा सामाजिक अभियान्ता इशा गुरुङबाट १० हजार, मोरङ बेलबारी हाल साउदि अरबमा रहनुभएका योगेन राईको संयोजकत्वमा १९ हजार ९९ , ताप्लेजुङ चागे निवासी हाल हंङकङ बस्दै आउनु हुने अनिता आन्छङवो लिम्बुको तर्फबाट पाँछ हजार नौ सय सहयोग आयो ।

सबितिरबाट जम्मा भएको ६१ हजार ४९९ मध्येबाट २५ हजार ९९० बराबरको खाध्य सामाग्री खरिद गरि हस्तान्तरण गरेको संन्चारकर्मी ईस्वर दुलालले जानकारी दिए ।

सहयोग अभियानबाट सबिता श्रेष्ठलाई ब्याक्तिगत रुपमा देश तथा विदेशमा रहनु भएका सहयोगी मनहरुले ३५ हजार ६०० नगद सहयोग आएको उनि बताउछिन ।

सहयोग सबिता श्रेष्ठकै घरमा कार्यक्रम गरी हिसाब सार्वजनिक समेत भएको छ । कार्यक्रममा पथरी शनिश्चरे नगरपालिका वडा न. ४ का वडा अध्यक्ष गोविन्द बहादुर भण्डारी, वडा सदस्य …. बा. मगर , तुलसा दर्जी, पत्रकार सन्तोश राई, मोहन भट्टराई, दिनेश सुब्बा, अर्जुन जम्मेली राई लगायतको उपस्थिती रहेको थियो ।

 

कार्यक्रमा बोल्दै अभियान कर्मी ईस्वार दुलालले भने, ‘अभियानमा मलाई साथ दिनुहुने सामाजिक अभियान्ता रमा वली र समाजसेवी, सामाजिक अभीयान्ता इशा गुरुङसाथै सम्पुर्ण सहयोगीहात हरुलाई मनै देखी नमन गर्न चाहन्छु ।

अभियान चलाउदै गर्दा मलाई केहि-केहि साथिहरुले भन्नु भएको थियो, ‘यु आर रियल हिरो’ म रियल होरो हैन, रियल हिरो त उहाहरु हो जसले देश तथा विदेशमा रहेर हरेक गरीब दुखीहरुको घाउमा मलमपट्टि गर्न सहयोग गर्नुहुन्छ ।’ दुलालले कुरा थप्दै भने, ।

  • को हुन इशा गुरुङ?

बेलायतमा रहेर लामो समयदेखि सामाज सेवा गर्दै आउहुने समाजसेवी तथा सामाजिक अभीयान्ता इशा गुरुङको नेपाल घर पोखरा हो । नेपालीहरुलाई दु:ख परेको देख्ना साथ उहाँले सहयोग गरि हाल्नु हुन्छ । उहाले धेरै गरीब दु:खीलाई सहयोग गर्दै आइरहनु भएको छ । समाजमा उहाँको निक्कै ठुलो योगदान रहेको छ ।

  • को हुन् रमा वली ?

रमा ओलि नेपाल हुनुहुन्छ उहाँको घर सुर्खेत जिल्ला हो । उहाँ पनि सामाजिक कार्य अथवा समाज सेवामा खटिनु हुन्छ । हिँजो आज हाम्रो समाजमा विभिन्न प्रकारका जातीय भेदभाव हत्या, हिंसा, बलात्कारी जस्ता जघन्य अपराध भईरहेका छन । यस बिरूद्ध र यस्ता घटनाहरू रोक्नुपर्छ भनि सरकारलाइ दवाव दिने उद्देश्यले आवाज उठाउनु हुन्छ । गरिबलाई अन्याय हुदा न्यायको लागि लड्ने एक सचेत नागरिक भनेर रमा ओलि लाइ चिनीन्छ ।


भिडियो:

सम्बन्धित खवर