पथरीशनिश्चरे नगरपालिकामा योजना तर्जुमा सम्वन्धी छलफल - Khabar Nepali
  • आइतबार, साउन २५, २०७७

पथरीशनिश्चरे नगरपालिकामा योजना तर्जुमा सम्वन्धी छलफल

पथरीशनिश्चरे- मोरङको पथरीशनिश्चरे नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेटका विषयमा योजना तर्जुमा सम्वन्धी छलफल अघि बढाएको छ ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षतामा आज बसेको कार्यपालिकाको बैठकले असार १० गतेको नगरसभाका लागि प्रति वडा ७५ लाख वडागत बजेट सिलिङ तय गरिएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

बैठकले, जेठ ३० गतेसम्ममा विषयत समितिमार्फत नितीगत विषय सहितको योजना र असार ५ गतेसम्ममा वडागत योजना तर्जुमा गरिसक्ने निर्णय गरेको पनि प्रवक्ता गुरागाईंले बताउनु भयो ।

 

कोरोना भाइरसको संक्रमणबाट बच्न गरिएको लामो समयको लकडाउनका कारण राजस्व सहित नगरको समग्र आम्दामीमा गिरावट आएकाले बजेटको आकारमा समेत केही असर परेको छ ।

सम्बन्धित खवर