नेपालमा थप २७८ जनामा कोरोना भाइरस संक्रमण - Khabar Nepali
  • बिहिबार, कार्तिक ०६, २०७७

नेपालमा थप २७८ जनामा कोरोना भाइरस संक्रमण

नेपालमा थप २७८ जनामा कोरोना भाइरस संक्रमण

नेपालमा थप २७८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा प्रेस ब्रीफिङ मार्फत जानकारी ।

यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ । यस्तै, निको हुनेको संख्या २९० रहेको छ भने हालसम्म ११ जनाको मृत्यु भएको छ ।

थपिएका संक्रमितहरुमा दैलेखका ९०, कपिलवस्तुका ४४, रुपन्देहीका ३५, सुनसरीका २१, रामेछापका १८ (१ जना हाल जुम्लामा रहेका), झापाका १२, मोरङका ६, सिन्धुलीका ५, काभ्रेका ५, भोजपुरका ५, डडेल्धुराका ५, धनुषका ५, कैलालीका ४, बाराका ३, जुम्लाका ३, नवलपरासीका २, तनहुँका २, सप्तरीका १, सुर्खेतका १, पाल्पाका १, दोलखाका १ (हाल जुम्लामा रहेका), गोरखाका १ (हाल जुम्लामा रहेका), हुम्लाका १(हाल जुम्लामा रहेका), सुर्खेतका १(हाल दाङमा रहेका), दाङका १, गुल्मीका १ (हाल काठमाडौँमा रहेका) बझाङका १, अछामका १ र अर्घाखाँचीका १ जना रहेका छन् भनै सुर्खेतका अर्का १ जना संक्रमितको मृत्यु भइसकेको छ ।

सम्बन्धित खवर