२ महिलाले क्वारेन्टिनमै बच्चा जन्माए - Khabar Nepali
  • आइतबार, साउन २५, २०७७

२ महिलाले क्वारेन्टिनमै बच्चा जन्माए

२ महिलाले क्वारेन्टिनमै बच्चा जन्माए

डोटीमा २ महिलाले क्वारेन्टिनमै बच्चा जन्माएका छन्। रोजगारी गरी श्रीमान्सँगै फर्केका २ महिलाले क्वारेन्टिनमै बच्चा जन्माएका छन्।

जन्मदिने महिलाहरु दिपायल जिल्लाको सिलगढी नगरपालिका र शिखर नगरपालिकाको रहेका छन्।

वडाध्यक्षका अनुसार, यही जेठ १२ गते भारतबाट घर फर्केपछि दिपायल सिलगढी रहेको क्वारेन्टिनमा बस्दै आएकी गीता आउजीले शिशु जन्माएकी हुन्।

उनका अनुसार २१ वर्षीय गीताले छोरा जन्माएकी हुन्। आमा र बच्चाको अवस्था अहिले सामान्य रहेको र स्वास्थ्य परीक्षणको लागि स्वास्थ्यकर्मी पठाएको बताएका छन्।

साथसाथै अर्की महिला शिखर नगरपालिका वडा नं. ३ को क्वारेन्टिनमा बसेकी २५ वर्षीय पुजा सार्कीले पनी छोरा जन्माएकी छिन्। जेठ १५ गते भारतको मुम्बईबाट फर्केर क्वारेन्टिनमा बस्दै आएकी थिइन्। नगरपालिकाका स्वास्थ्य संयोजक हरि शाह अनुसार, दुबै आमा र बच्चाको स्वास्थ्य सामान्य रहेको बताएका छन्।

सम्बन्धित खवर