नेपालमा थप ३३४ जनामा कोरोना भाइरस संक्रमण - Khabar Nepali
  • आइतबार, साउन २५, २०७७

नेपालमा थप ३३४ जनामा कोरोना भाइरस संक्रमण

नेपालमा थप ३३४ जनामा कोरोना भाइरस संक्रमण

नेपालमा थप ३३४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयद्वारा प्रेस ब्रीफिङ मार्फत जानकारी ।

यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ । यस्तै, निको हुनेको संख्या २९० रहेको छ भने हालसम्म १० जनाको मृत्यु भएको छ ।

थपिएका संक्रमितहरुमा दैलेखका ११३, रौतहटका ६५, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, सप्तरीका १३, बाराका १२, बाग्लुङका १०, धनुषका ६, झापाका ५, पर्वतका ४, महोत्तरीका ३, सर्लाहीका ३, खोटाङका ३, डोटीका ३, मोरङका २ (१ जना हाल सुनसरीको क्वारेन्टीनमा रहेका), पर्साका १, ताप्लेजुङका १ (हाल सुनसरीमा रहेका), सिन्धुलीका १, स्याङ्जाका १, मुगुका १ र म्याग्दीका १ जना रहेका छन् ।

सम्बन्धित खवर