हाइड्रोक्सिक्लोरोक्विन कोरोना भाइरसका बिरामीका लागि निकै खतरनाक - Khabar Nepali
  • शनिबार, असार २७, २०७७

हाइड्रोक्सिक्लोरोक्विन कोरोना भाइरसका बिरामीका लागि निकै खतरनाक

हाइड्रोक्सिक्लोरोक्विन कोरोना भाइरसका बिरामीका लागि निकै खतरनाक

हाइड्रोक्सिक्लोरोक्विन कोरोना भाइरसका बिरामीका लागि निकै खतरनाक रहेको एक अनुसन्धानले जनाएको छ।

साथै हाइड्रोक्सिक्लोरोक्विन क्यान्सर बिरामीलाई दिनु खतरनाक साबित हुनसक्ने अमेरिकी अनुसन्धानकर्ताले चेतावनी दिएका छन्। हाइड्रोक्सिक्लोरोक्विन प्रयोग गरेर उपचार गरिरहेका कोरोनस संक्रमितको मृत्युदर तीन गुणा बढी रहेको अनुसन्धानले जनाएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले कोरोनाबाट बच्न हाइड्रोक्सिक्लोरोक्विन सेवन गरिरहेको पनि बताए। यो औषधि सेवन नगर्न अनुसन्धानकर्ताले चेतावनी दिईरहेको छन्।

‘हाइड्रोक्सिक्लोरोक्विन र एन्टिबायोटिक एजिथ्रोमाइसिन प्रयोग गरेर कोभिड–१९ बिरामीको उपचार गर्नु जोखिमपूर्ण रहेको अमेरिकन डा.होवार्ड बर्रिजले बताएका छन्।

सम्बन्धित खवर