एकैदिनमा २१ जना कोरोनामुक्त - Khabar Nepali
  • शनिबार, असार २७, २०७७

एकैदिनमा २१ जना कोरोनामुक्त

एकैदिनमा २१ जना कोरोनामुक्त

वीरगन्जस्थित नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचाररत २१ जना कोरोनामुक्त भएका छन्।

कोरोनामुक्त हुने मध्य एकजना १५ महिने र अढाई वर्षका बच्चा समेत छन्। डिस्चार्ज हुनेमा ५ जना महिला र बाकी सबै पुरुष रहेको अस्पतालले जानकारी दिएको छ।

त्यस अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय अनुसार, उनीहरूको डिस्चार्ज मंगलबार राति ११ बजेतिर गरिएको हो।

हालसम्म कोरोना संक्रमणहुने को संख्या ७८३, निको हुनेको संख्या १७६ र मृत्युहुनेको संख्या ४ पुगेको छ।

सम्बन्धित खवर