गुजरातबाट घर आउदै गरेका एक युवकको एक्कासी मृत्यु - Khabar Nepali
  • शनिबार, असार २७, २०७७

गुजरातबाट घर आउदै गरेका एक युवकको एक्कासी मृत्यु

गुजरातबाट घर आउदै गरेका एक युवकको एक्कासी मृत्यु

भारतको गुजरातबाट घर आउदै गरेका एक युवकको वीरेन्द्रनगरमा मंगलबार राति मृत्यु भएको छ।

मंगलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवकलाई केही असजिलो भएपछि सुब्बाकुनाबाट प्रदेश अस्पताल पुराइएको थियो।

सुर्खेतको चिङ्गाड गाउँपालिका ५ का २२ वर्षीय युवाको प्रदेश अस्पताल पुग्ने क्रममा कालागाउँमा मृत्यु भएको थियो।

डा. केएन पौडेलका अनुसार, राति १२ बजेतिर जाँच गर्न जाँदा उनको मृत्यु भइसकेको रैछ।

मृत्यु हुने युवकको स्वाब संकलन गरी कोरोना परीक्षण कार्य भइरहेको र दिउँसोसम्ममा रिर्पोट आउने अस्पतालका निर्देशक डा. डम्बर खड्काले बताएका छन्।

सम्बन्धित खवर