पथरी बहुमुखी क्याम्पसमा १० बेडको होल्डिङस्थल बनाइने ! - Khabar Nepali
  • शुक्रबार, मङि्सर १९, २०७७

पथरी बहुमुखी क्याम्पसमा १० बेडको होल्डिङस्थल बनाइने !

होल्डिङ स्थल बनाइने
पथरी शनिश्चरे, ८ जेठ
नगरमा कोरोना भाइरसको संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले १० बेडको होल्डिङस्थल बनाउने भएको छ ।

नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको आजको बैठकले पथरी बहुमुखी क्याम्पसमा १० बेडको होल्डिङस्थल बनाउने निर्णय गरेको नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईले जनाउनु भयो ।

नगर कार्यपालिकाको हिजोको बैठकले नेपाल बाहिरबाट आएकाहरुकालागि क्वारेन्टाइनमा जानु अघि तत्काल छुट्टै र सुरक्षित राख्नका लागि होल्डिङ स्थल बनाउने निर्णय गरेको थियो । सोही अनुरुप समन्वय समितिले क्याम्पसको कोठालाई १० वटा बेडका रुपमा होल्डिङ स्थल बनाउने निर्णय गरेको हो ।
कोरोना संक्रमण बढ्न सक्ने कुरालाई ध्यान दिएर नगरले हिजोदेखि १० गतेसम्मका लागि औषधि पसल बाहेकका सम्पूर्ण पसल वन्द गराएको छ ।

सम्बन्धित खवर