"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी" को अर्थ यस्तो छ ! - Khabar Nepali
  • शनिबार, असोज १०, २०७७

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी” को अर्थ यस्तो छ !

“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी”, एक प्रसिद्ध संस्कृत श्लोक हो। यो नेपालको राष्ट्रिय आदर्श वाक्य पनि नेपाल हो। यो श्लोक वाल्मीकि रामायणका केही पाण्डुलिपिहरूमा भेटिन्छ र दुई रूपहरूमा भेटिन्छन् ।

पहिलो रूप: यसमा रामलाई सम्बोधन गर्दै भनिन्छ । :

मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव ।
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ॥
नेपाली अनुवाद : “मित्र, धन्य, धान्य आदिको संसारमा उच्च सम्मान गरिन्छ। तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि माथि छ।”

अर्को रूप: यसमा रामले लक्ष्मणलाई भन्छन् –

अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ॥
अनुवाद : “लक्ष्मण! यो लंका सुनले बनेको भए पनि मलाई यसमा कुनै रुचि छैन। किनकि जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान छन्।

सम्बन्धित खवर