कोरोना भाइरसको कारण देश पूर्णरुपमा लकडाउन भएको समयमा मानिस घरघरमा बसेको बेला गत शुक्रबार (बैशाख ५ गते) मोरङको पथरीमा वन ऐन विपरित तीनवटा सालको रुख कटान गरिएकाे थियाे ।
करिव दुई महिनाअघि पथरीकै तमु बौद्ध गुम्बामा भएको चारवटा रुख पनि यसैगरी ढालिएको थियो । गुम्बाको घटना करिव दुई महिनापछि मात्र वन कर्मचारीले थाहा पाएर बैशाख ८ गते मात्र लगत उठाएको छ ।
ऐन, नियम विपरित गर्नु नै अपराध हो । अनुसन्धान अधिकृत तोकेसँगै रुख काट्ने कार्यमा संलग्न व्यक्तिहरुको अनुसन्धान सुरु भएको छ ।
कानुन विपरित रुपमा रुख कटानमा संलग्न केहीको पहिचान भएको अनुसन्धान अधिकृत महोमद अलाउदिनले जानकारी दिए ।
अवैध रुपमा रुख काट्नका लागि पथरीशनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हुन् तथा नगर अस्पतालमा कार्यरत स्वस्थ्य कर्मचारी मुरारी आचार्यको बा१९च ९८१० नम्बरको गाडी प्रयोग भएको खुलेको छ । उनी छैठौ तहको (अहेब) सरकारी कर्मचारी हुन् ।
आचार्यले अवैध रुख काट्नका लागि बा१९च ९८१० नम्बरको गाडीमा मानिस ल्याउने र पुर्याउने गरेको खुलेको हो । यद्यपि, आचार्यले भने गाडी प्रयोग भएको कुरा अस्वीकार गर्दै रुख ढाल्न वन कर्मचारीकै मिलेमतो भएको बताएका छन् ।
सार्बजानिक खबर बाट