श्रमिकहरु जहा छन् त्यही खाद्यान्न पुर्याउने व्यवस्था गर्न प्रधानमन्त्री ओलीको निर्देशन - Khabar Nepali
  • बिहिबार, असार १०, २०७८

श्रमिकहरु जहा छन् त्यही खाद्यान्न पुर्याउने व्यवस्था गर्न प्रधानमन्त्री ओलीको निर्देशन

लकडाउन लम्बिँदै गर्दा मानिसहरु हप्तादिनसम्म हिँडेर भएपनि गाउँ जाने क्रम बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा मन्त्रीहरुलाई बोलाएर छलफल गरेका छन्।

छलफलमा प्रधामन्त्री ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन्। उनले कोही खान नपाएरै गाउँ जान नपाएको भए त्यही खाद्यान्न पुर्याउने व्यवस्था गर्न भनेका छन्।

त्यसका लागि स्थानीय तहहरुसँग समन्वय गर्न र सम्बन्धित जिल्लाका सांसदहरुको सहयोग लिन उच्चस्तरीय समन्वय समितिलाई उनले निर्देशन दिएका छन्।

सम्बन्धित खवर