कोरोनाबाट प्रभावित हुनेमध्ये अमेरिका तेस्रो - Khabar Nepali
  • आइतबार, असोज ०४, २०७७

कोरोनाबाट प्रभावित हुनेमध्ये अमेरिका तेस्रो

अमेरिका कोरोना भाइरसको संक्रमणबाट प्रभावित हुने विश्वकै तेस्रो मुलुक बनेको छ ।

शनिबार मात्रै ७ हजार ६८६ नयाँ कोरोनाका बिरामी भेटिएसङ्गै अमेरिकामा समग्र संक्रमितको संख्या २७ हजार ६९ पुगेको छ ।

संक्रमणसँगै अमेरिकामा मृत्युदर पनि बढेको छ । वर्ल्डओमिटर्सका अनुसार, शनिबार मात्रै यहाँ कोरोनाका कारण ८४ जनाको ज्यान गएको थियो ।

कोरोना लक्षण देखिएका ८४ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४० पुगेको छ ।

सम्बन्धित खवर