इटालीमा एकैदिन ४ सय ७५को मृत्यु - Khabar Nepali
  • शनिबार, असार २७, २०७७

इटालीमा एकैदिन ४ सय ७५को मृत्यु

इटलीमा कोरोना संक्रमणबाट एकै दिन ४ सय ७५ मानिसको ज्यान गएको छ । इटलीमा कोरोना प्रकोप फैलिएपश्चात् यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

बीबीसीका अनुसार, इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको हो। इटालीमा ३५ हजार ७ सय १३ मानिस संक्रमित छन् । ४ हजारभन्दा बढी व्यक्ति भने उपचारपछि घर फर्किएका छन् । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ ।

योसँगै इटलीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगिसकेको छ । यो कोरोनाको उद्गम मानिने चीनको भन्दा २ सय ५९ ले मात्रै कम हो ।

सम्बन्धित खवर