युरोप र खाडीका नागरिकलाई नेपाल आउन रोक - Khabar Nepali
  • आइतबार, असार २१, २०७७

युरोप र खाडीका नागरिकलाई नेपाल आउन रोक

कोभिड-१९ नियन्त्रणका लागि सरकारले युरोपका सबै मुलुकका नागरिकहरुलाई नेपाल प्रवेशमा रोक लगाएको छ।

कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समितिको बुधवार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले युरोपसहित पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च २०२० मध्य रातिदेखि लागु हुने गरी १५ अप्रिल २०२० सम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

त्यसका लागि विदेशस्थित कुटनीतिक नियोगहरुमा र आवश्यक अन्य निकायहरु मार्फत सूचना जारी गरिने छ।

बैठकले पूर्ववत रुपमा यात्राका लागि टिकट खरिद गरेकाहरुलाई टिकट वापतको रकम पूरै फिर्ता गर्न विमान कम्पनीहरुलाई निर्देशन दिने निर्णय गरेको छ।

सम्बन्धित खवर