कोरोना प्रकोपका कारण सङ्कटमा चलचित्र व्यवसाय - Khabar Nepali
  • आइतबार, साउन २५, २०७७

कोरोना प्रकोपका कारण सङ्कटमा चलचित्र व्यवसाय

कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै नेपाल सरकारले गत बिहिबार १९ वटा निर्णय गरेको थियो । त्यसमा १९औं नम्बरको निर्णयले नेपाली फिल्म क्षेत्रमा संकट उत्पन्न हुने खतरा सृजना हुने अनुमान गरिएको छ । सरकारले ठूलो संख्यामा भिडभाड हुने भएकाले सिनेमा हलमा नजान आव्हान गरेको छ । भिडभाड हुने स्थानमा कोरोनाको जोखिम उच्च हुने भएकाले सरकारले यो आव्हान गरेको हो ।

 

‘कोरोना भाइरसको संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन आम जनसमूदायलाई आह्वान गर्ने’, सरकारले गरेको निर्णयमा भनिएको छ । तर सरकारले यो आह्वानभन्दा अगावैदेखि कोरोनाको त्रासले हलमा दर्शक पातलिन थालेका थिए । अब, झन् हलहरु सुनसान हुने भएकाले उक्त निर्णय चलचित्र उध्योगको लागी ठुलै चिन्ताको विषय बनेको छ।

 

सरकारले भीडभाड हुने सिनेमा हलमा नजान आग्रह गरेपश्चात देशभर सञ्चालनमा रहेको सयभन्दा बढी हलहरु बन्द हुनसक्ने सम्भावना बढेको छ ।

 

कोरोनाको जोखिम न्यूनिकरणका लागि मल्टीप्लेक्स हलहरुले विशेष सावधानी अपनाए पनि अहिले प्रतिक्षीत विदेशी फिल्म हेर्न समेत दर्शक आएका छैनन् । सिंगल थिएटरको अवस्था झन् नाजुक रहेको छ।

 

सरकारको यो निर्णयपछि चैत २१ मा आउन लागेको फिल्म ‘लक्का जवान’ र चैत २८ का दुई फिल्म ‘प्रेमगीत ३’ र ‘चपली हाईट ३’ को प्रदर्शनमा अन्योल छ । अब, यी तीनै फिल्मका निर्मातासँग प्रदर्शन रोक्नुभन्दा अर्को विकल्प छैन । यसअघि ‘म यस्तो गाीत गाउँछु २’ र ‘नीरफूल’ ले आ-आफ्नो रिलिज स्थगित गरिसकेका छन् ।

 

विदेशी फिल्मले समेत रिलिज पोस्टपोन्ड गरिरहेको अवस्था छ।

 

सम्बन्धित खवर