फ्रेण्ड्स क्लबसँग च्यासल पराजित - Khabar Nepali
  • शनिबार, असोज १०, २०७७

फ्रेण्ड्स क्लबसँग च्यासल पराजित

शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेण्ड्स क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पहिलो खेलमा फ्रेण्ड्स क्लब च्यासललाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

फ्रेण्ड्सको जितमा उत्तम राई नायक बने । उनले खेलको ८४औँ मिनेटमा गरेको एक गोल नै फ्रेण्डसका लागि निर्णायक गोल सावित भयो । फ्रेन्ड्सका विश्व अधिकारीको फ्रिकिक बल च्यासलका गोलकिपर एलेन न्यौपानेले बचाएपछि आएको रिबाउन्ड बलमा उत्तमले गोल गर्न सफल भएका हुन् ।

खेलमा फ्रेन्ड्सका गोलकर्ता उत्तम राई म्यान अफ दि म्याच घोषित भए । जितसँगै फ्रेन्ड्स लिगको नवौँ स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले नौ खेलमा ११ अङ्क जोडेको छ । त्यस्तै पराजित च्यासल समान नौ खेलबाट नौ अङ्कसहित लिगको दशौँ स्थानमा छ .

सम्बन्धित खवर