कलाकार सितारमा कट्टेलले निर्माण गरेको चलचित्रको टेलर सार्वजनिक गरिएको छ । केही मिनेट अधि मात्र सार्वजनिक गरिएको उक्त टेलर ३ मिनेछ ४६ सेकेन्डको छ । टेलर हेर्दा चलचित्र राजनितिक बिषय बस्तुमा निर्माण भएको चाल पाइन्छ र राजनितिले कसरी एकै घरका सदस्य पनि फरक बन्छन भन्ने कुरा देखाउन खोजिएको भन्ने बुझ्न सकिन्छ । टेलरलाई अोएस आर डिजिटल मार्फत प्रिमीयर गरिएको हो ।
चलचित्रमा सिताराम कट्टेल, दयाहाङ राई, बुद्धि तामाङ राजाराम पौडेल लगायतको टोलीले अभिनय गरेको छ । चलचित्रलाई राम बाबु गुङले निर्देशन गरेका छन् भने चलचित्रमा सङीत भने राजनराज शिवाकोटी,कालि प्रसाद सापकोटा लगायतको टोलीले गरेको छ ।
चलचित्रबाट उठेको ५० प्रतिशत रकम गौतम बुद्ध अन्तराष्टिय क्रिकेट रङ्गशाला निर्माणमा खर्च गरिने छ । आउदो फागुन ९ गतेबाट चलचित्र प्रर्दशनमा आउनेछ ।