एउटै नामले दुइपटक बनेका चलचित्रहरु - Khabar Nepali
  • शुक्रबार, मङि्सर १९, २०७७

एउटै नामले दुइपटक बनेका चलचित्रहरु

नेपाली चलचित्रको इतिहासमा नै धेरै चलचित्र एउटा नामले दुईपटक बनेका छन् । तर यसरी निमार्ण गरिएका चलचित्र अधिकाशं फ्लप भएका छन् । पहिलोपल्ट बि.स २०२१ सालमा निर्माण भएको चलचित्र आमाको नामले पनि दुइपटक चलचित्र बनिसकेको छ । जहाँ नेपालकै पहिलो नायक शिव शङक्र मानन्धर र भुवन चन्दले अभिनय गरेका छन्। त्यस्तै गरि बि.स २०५२ सालमा पनि आमा नामले चलचित्र बनेको छ । जसमा मुख्य भुमिका शिव श्रेष्ठ र बिपना थापाले निभाएका छन । बि.स २०४७ सालमा युगदेखी युगसम्म पहिलोपटक बनेको थियो र २०६५ मा आएर फेरी पनि उही नामले चलचित्र बनिएको छ । उक्त चलचित्रमा नायिका भने दोहो¥यकी छिन । अठार बर्षपछि बनेको चलचित्रमा कृष्टी मैनालीको ठाउमा नन्दिीता केशीले अभिनय गरेकी छिन् भने फेरिएका थिएनन् । बि.स २०४५ सालमा बनिएको सन्तान पछि ६० को दशका आएर नै अर्को चलचित्र बन्यो । जुन चलचित्र हिट पनि बनेको थियो । बि.स २०५१ सालमा बनेको कसम चलचित्र २०६७ सालमा आएर पनि बनेको थियो । तर,उक्त चलचित्रले सोचेजस्तो व्यपहार भने गर्न सकेन । एकाउन्न सालमा नै बनेमा सपना चलचित्र पछि आएर फेरि पनि त्यै नामले बनेको थियो । पछिल्ला चलचित्रमा महानायक राजेश हमाल , आर्यन सिग्देल , मिथिला शर्मा थिए । बि.स २०४१ सालमा सय दिन मनाएको कान्छी चलचित्र २०७५ सालमा पनि आएर त्यै नामले निर्माण गरियो । तर पछिल्लो कान्छी भने कुनै राम्रा व्यपहार गर्न सकेन् । एक बेला एक छत्र राज गरेका भुवन केशी , तृप्ती नाडकर, भुवन केशी अभिनित कुसुमे रुमाल २०६५मा आएर फेरी पनि निर्माण गरियो । त्यस्तै गरि चलचित्र सम्झनालाई पनि एउटै नामले दुइपटक बनाइएको थियो ।

सम्बन्धित खवर