अभिनेत्री स्वस्तिमा खड्कालाई यौन प्रस्ताव - Khabar Nepali
  • शुक्रबार, मङि्सर १९, २०७७

अभिनेत्री स्वस्तिमा खड्कालाई यौन प्रस्ताव

काठमाडौं । अभिनेत्री रेखा थापाले नेपाली चलचित्र क्षेत्रमा महिला र पुरुष दुबै कलाकार शो’षणा पर्ने गरेको बताएकी छन् । सोमबार पत्रकार डिभी खड्काले पुस्तक ‘नियत’ सार्वजनिक कार्यक्रममा अभिनेत्री रेखाले सो बताएकी हुन् ।

‘नियत’मा नेपाली चलचित्र क्षेत्रका धेरै महिला कलाकारको पी’डा उठाइएको छ । यहाँ महिला मात्र हैन, पुरुष पनि त्यत्तिकै पी’डित छन्’ रेखाले भनिन् ‘चलचित्रमा नायकको रुपमा प्रस्तुत हुन उनीहरुले भोग्नु परेका पीडाहरुलाई मैले नजिकबाट नियालेको छु ।’

‘पुरुषको शोषण पाटो उठाउन नसक्नु पुस्तकको कमजोर पक्ष हो’ रेखाले थपिन् ‘अब पुरुषहरुको पी’डामा पनि पुस्तक लेखिनपर्छ ।’

कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले केही व्यक्तिबाट यौ’नको प्रस्ताव आएको बताइन् । ‘म नेपाली चलचित्रमा आउनु पूर्व म्युजिक भिडियोमा काम गर्थे’ उनले भनिन् ‘सो क्रममा केही ब्यक्तिबाट घुमाउरो पारा यौ’न प्रस्ताव आउने गर्दथ्यो ।’

उनले थपिन्, ‘भिडियोमा काम गर्दा त्यसलाई मैले बेवास्ता गरें ।’ चलचित्रमा आएपछि आफुले नियमित रुपमा प्रोफेस्नलहरुसँग काम गरेको उनले जानकारी दिइन् । उनले थपिन्, ‘निर्देशक निश्चलसँग विवाह गरेपछि मलाई दर्शकदेखि चलचित्रकर्मीसम्मले हेर्ने नियत निकै सम्मानित भएको छ ।

उनले आफु गलत नियतको शि’कार कहिल्यै हुनु नपरेको बताइन् ।

पत्रकार डिबी खड्का (धनबहादुर खड्का)ले पुस्तक ‘नियत’ बिभिन्न बहानामा चलचित्र क्षेत्रमा महिला कलाकार माथि गरिने गलत २० शीर्षकमा छोटकरीमा उठाएका छन् ।

समाचारको श्रोत –
रातोपाटी

सम्बन्धित खवर