गाडीको ट्रा'यलमा पास गरिदिने भन्दै पैसा असुल्ने प'क्राउ - Khabar Nepali
  • मङ्गलबार, फागुन १८, २०७७

गाडीको ट्रा’यलमा पास गरिदिने भन्दै पैसा असुल्ने प’क्राउ

गाडीको ट्रा’यल दिँदा पास बनाइदिने भन्दै रकम अ’सुल्ने व्यक्ति प’क्राउ परेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले सुजुकी ड्राईभिङ स्कुल एकान्तकुनाका सवारी चालक भरत बस्नेतलाई प’क्राउ गरेको हो।

तनहुँका बस्नेतले एकान्तकुनाबाट चार पांग्रे सवारी साधनको ट्रायल परीक्षामा पास गराइदिन्छु भन्दै ५ हजार लिएको प्रहरीले जनाएको छ।

आवश्यक अनुसन्धान एवं कार’बाहीको लागि बस्नेतलाई महानगरीय प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको छ।

सम्बन्धित खवर