अर्जेन्टिनाको प्रहरी गोदामबाट आधा टनभन्दा बढी गाँ’जा हराएको छ । ड्युटीमा रहेका प्रहरीले भने ती गाँ जा मुसाले खाएको दाबी गरेको छ । ५ सय ४० किलो गाँ’जा मुसाले खाएको दाबी गर्ने प्रहरीलाई जागिरबाट हटाइएको छ ।
अर्जेन्टिनाको उत्तरी सहर पिलरमा भएको घट’नापछि सो नगरका पूर्व कमिस्नरसहित ८ प्रहरी पक्रा’उ परेका छन् । उनीहरुले अदालतमा बयान दिने क्रममा मुसाहरुले खाएको बयान दिएका छन् ।
तर फरेन्सिक विज्ञहरुले भने मुसाले खानाको रुपमा लागू औषध नलिने, यदि खाए भने मर्ने गरेको बताएका छन् । ‘मुसाले लागू औ’षध खाने गल्ती गर्दैन,’ विज्ञको भनाइ छ, ‘त्यति खाएको हो भने गोदाममा थुप्रै मरेका मुसा भेटिनुपर्छ ।’
प्रहरीले दुई वर्षअघि बरामत गरेको ६ हजार किलो गाँ’जा गोदाममा राखेको थियो । नयाँ प्रहरी प्रमुख आएपछि मात्रै गोदाममा ५ सय किलो गाँजा घटेको पत्ता लागेको थियो ।