श्रीमतीको निधन भएको घण्टामै श्रीमानले पनि छोडे संसार, मायाको कि संयोगको खेल ! - Khabar Nepali
  • आइतबार, असार २१, २०७७

श्रीमतीको निधन भएको घण्टामै श्रीमानले पनि छोडे संसार, मायाको कि संयोगको खेल !

गोरखामा एक बृद्ध दम्पतिको केही घण्टाको अन्तरालमा निधन भएको छ । सुरुमा श्रीमतीको निधन भएपछि उनको चिता सेलाउन नपाउँदै श्रीमानको निधन भएको हो ।

गोरखाको गण्डकी गाउँपालिका ३ फुजेलकी दयन्ती अम्गाईको निधन भएको ४० घण्टा नबित्दै उनका श्रीमानको पनि निधन भएको हो । श्रीमतीको निधन भएको केही घण्टा पछि ९२ वर्षीय कर्णखर अम्गाईको निधन भएको स्थानियले बताएका छन् ।

सोमबार बिहान ३ बजे निधन भएकी जयन्तीको दा ह संस्कार गरेर फर्किएको केही घण्टाभित्रै कर्णाखरको पनि निधन भएपछि तिनै मलामी फेरी अर्को श व लिएर अन्तिम संस्कारका लागि फर्किएका थिए । मंगलबार राती ९ बजे निधन भएका कर्णखर र जयन्तीको बुढीगण्डकी नदीमा अन्तिम दा ह संस्कार गरिएको छ ।

श्रीमतीको अन्तिम दा ह संस्कार गरिएको चिता सेलाउन नपाउँदै श्रीमानको अन्तिम दा ह संस्कार गर्नु परेको स्थानीयवासीले बताएका छन् । अम्गाई दम्पतिका १ छोरा र ४ छोरी रहेका छन् ।

सम्बन्धित खवर