सिन्धुलीमा १५ वर्षीयलाई जन्मकै'द फैसला - Khabar Nepali
  • शनिबार, बैशाख ०४, २०७८

सिन्धुलीमा १५ वर्षीयलाई जन्मकै’द फैसला

सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकै’दको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले ह त्य अभियोगमा प क्राउ परेका बालकलाई जन्मकै’दको फैसला गरेको हो ।

अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको ह त्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो । उनलाई जन्मकै’द हुने र नाबालक देखिएकाले जन्मकै’दको आधा १४ वर्ष १० महिना सात दिन कै’द हुने फैसला अदालतले गरेको हो ।

जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले उक्त फैसला गरेको हो । छलिमायासँग यौ न प्रस्ताव राख्दा अस्वीकार गरपछि बालकले असोज २ गते ह त्या गरेका थिए । बालिकाको घर नजिकैको जङ्गलमा रहेको खोल्सामा बालिकाको ह त्या भएको थियो ।

छलिमायाको शव असोज ३ गते घाँटी नि मोठी, घाँटी थि ची ह त्या गरिएको अवस्थामा फेला परेको थियो । छलिमायाको हत्या अभियोगमा बालकलाई असोज ४ गते मरिणको कपिलाकोटबाट प्रहरीले प क्राउ गरेको थियो ।

बालकलाई गत असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरेकोमा असोज १० गते अदालतले पुर्पक्षका लागि बाल सुधारगृह सानोठिमी भक्तपुरमा राख्न आदेश दिएको थियो । बालक १८ वर्ष पूरा नभएसम्म बाल सुधार गृह सानोठिमी भक्तपुरमै रहने र त्यसपछि कारागारमा कैद भुक्तान गर्ने सिवाकोटीले बताउनुभयो ।

सम्बन्धित खवर