घमण्डी मान्छे र उम्लेको दुध उस्तै हो, सम्हाल्न नसके दुवैको अस्तित्व पतन हुन्छ - ( भिडियोसहित ) - Khabar Nepali
  • आइतबार, असोज ०४, २०७७

घमण्डी मान्छे र उम्लेको दुध उस्तै हो, सम्हाल्न नसके दुवैको अस्तित्व पतन हुन्छ – ( भिडियोसहित )

घमण्डी मान्छे र उम्लेको दुध उस्तै हो यदि बेलैमा यिनीहरुलाई सम्हाल्न सकिएन भने दुबैको अस्तित्वनै पतन भएर जान्छ । जो व्यक्ति घमण्डी हुन्छ, उसको न त कोहि मित्र हुन्छ न त ऊ सग कोहि मित्रता राख्न चाहन्छ । किनकि घमण्डी मान्छेको त बिश्वास पनि गर्न गाह्रो हुन्छ । जो घमण्ड गर्छ नि एकदिन उ यो संसार बाट पनि पतन हुन्छ । यदि तपाइँमा पनि घमण्ड गर्ने बानी छ भने आजै बाट त्यसलाई त्याग्नुहोस । घमण्डपनले न तपाइको भलो हुन्छ तर अर्को भलो हुन्छ ।

कक्षा ९ मा पढ्ने राम निकै घमण्डी थियो । उसको घमण्डी पनले गर्दा उसको कोहि पनि साथी हुदैन थिए । एकदुइ दिन सम्म उसको साथी भएता पनि तेस्रो दिन बाट उसको साथी बन्न रुचाउदैन थिए । राम हरेक कुरामा जित्न खोज्ने, आफ्नो कुरालाई मात्र बढुवा दिने गर्दथ्यो । एक दिन रामको कक्षाबाट चमेरो गुफा घुम्न जाने योजना भयो । सबै जना गुफा घुम्न गए । आफ्नो आफ्नो ग्रुप बनाएर सबै जना चमेरो गुफा भित्र पसे र सबै जना पालै-पालो गरेर बाहिर निस्किए । तर राम भने त्यहि गुफामा अड्कियो । उसको सहायताको लागी कोहि पानि बिधार्थी त्यहाँ गएँन । अन्तत उसलाई सर आफै आएर निकाल्नु भयो र उसलाई सम्झाउन थाल्नु भयो, ‘हेर, राम आज तिमि सग घमण्ड गर्ने बानी नभएको भए, यहाँ तिमीलाई सहायताका लागी कोहि न कोहि अवश्य आउंथे, तर तिम्रो घमण्ड गर्ने बानीले गर्दा कोहि पनि तिम्रो मतलब गर्दैनन् त्यसैले आजै बाट यो बानी त्याग ।’

यति भनि सके पछी रामले घमण्ड गर्ने बानी त्याग्यो र सबै साथीहरु सग मिलेर बस्न थाल्यो । त्यसैले साथीहरु हामीले यहा बाट के बुझ्नुपर्छ भने घमण्ड गर्ने बानीले हामीलाई सधै एक्लो बनाउदछ । घमण्ड नगर्नुहोस र आफ्नो पतन हुनबाट जोगिनुहोस ।

भिडियो हेर्नुहोस

 

सम्बन्धित खवर