" गेम अफ थ्रोन्स - अन्त्य नै सुरुवात हो !" - Khabar Nepali
  • आइतबार, माघ ११, २०७७

” गेम अफ थ्रोन्स – अन्त्य नै सुरुवात हो !”

[ Game of Thrones ]

धेरै पहिले !
मिति बताउनु पर्छ र ?
ह्या, होस् ! मिति मलाई सितिमिति याद / सम्झना हुँदैन !
मिति सम्झिने / याद गर्ने काम क्यालेन्डर / भित्तेपात्रोको हो !

म एमेरिकन एम्बेस्सी भित्रको लाईब्रेरीमा, फ्यान्ट्यासी सेक्सनमा थिए- J. R. R.TOKLIN को “द सिल्मार्लियन” [ The Silmarillion ] संग गफ्फिदै ।

मलाई जान्नु थियो “The Lord of The Rings” र “Hobbit” भन्दा पहिलेको कथा / कहानी । त्यसैले “The Silmarillion” हेर्दै / पढ्दै / जाँच्दै थिए ।

” फ्यन्ट्यासी खुब मन पर्छ त्यसो भए तपाईंलाई ?” मेरो कानको पर्दामा एउटि कन्या / लाइब्रेरियनको नसालु आवाज टासिंयो ।

” एकदमै !” मैले ओठमा मुस्कान टाँस्दै भने । मेरो आँखाले उनलाई बिस्तारै स्क्यान गर्न / जाँच्न थाल्यो । उनको आवाज मात्रै होइन, उ स्वयंम मदिरा / दारु जस्तै थिइन्, नसालु / वैँसालु ।

म त्यो बेला “J.R.R. TOKLIN” ले बनाएको दुनियाँ / ब्रह्माण्ड, मिडिल अर्थ [ MIDDLE EARTH ] मा हराईरहेको / रमाईरहेको थिए । मैले यो भन्दा पहिले पनि “GEORGE R.R. MARTIN” र उनको कृति शृङ्खला “The Song of Ice and Fire” को नाम नसुनेको भने होइन !

ती कन्या / लाइब्रेरियनले बिस्तारै बिस्तारमा मलाई “GEORGE R.R. MARTIN” को दुनियाँ / ब्रह्माण्ड, वेस्टरस् [ WESTEROS ] को बारेमा सुनाउन / बुझाउन थालिन् । मलाई लाग्यो, उनी पक्कै पनि “WESTEROS” दुनियाँ’कै कुनै पात्र हुनुपर्छ जो मलाई पनि आफूसंगै लैजान चहान्छिन् त्यो मायावी / रहस्यमयी दुनियाँमा । उनले त्यहीँ दुनियाँको मज्जाले बयान / बखान गर्न थालिन् । मलाई उनले यसरी सुनाईन् / बुझाईन् लाग्यो, “WESTEROS” भन्दा पनि सानो रहेछ, “MIDDLE EARTH” को दुनियाँ ।

एम्बेस्सीबाट घर फर्किदा मेरो मगज / दिमागको ढोका / दरबाजामा “GEORGE R.R. MARTIN” को कृति शृङ्खला “The Song of Ice and Fire” ले लगातार नक / दस्तक गरिरह्यो ।

एक हप्तापछि जमलको एउटा बुक स्टोरमा “The Song of Ice and Fire” शृङ्खलाको आठसय पन्ना जतिको पहिलो किताब / पार्ट – “Game of Thrones” आठसय रुपियाँमा किने ।

“Game of Thrones” दुई हप्ता / चौध दिन लगाएर पढे / सके । मन भरिएन । तिर्खा मेटिएन । थाहा थियो, “GEORGE R.R. MARTIN” को कृति शृङ्खला “The Song of Ice and Fire” लाई टेलिभिजन कर्मी / निर्माता “David Benioff र D.B. Weiss ले HBO मार्फत टेलिभिजनमा उतारेका छन् भन्ने, पहिलो किताब / पार्ट “Game of Thrones” कै नाम / टाइटल दिएर ।

त्यो बेला / समय “The Breaking Bad” ले टेलिभिजन जगतमा धमाका / उधुम मचाईरहेको थियो । “Game of Thrones” को तेस्रो सिजन भर्खरै सकिएको थियो र यसको चर्चाको उचाई झन्झन् थपिदै गइरहेको थियो । म भने “The Vampire Diaries” र “Lost” मा मस्त / व्यस्त थिए ।

“Game of Thrones” किताबको बाँकी शृङ्खला / पार्टलाई छाडेर मैले त्यसको टेलिभिजन शृङ्खला [ TV SERIES ] हेर्न थाले । त्यसपछी के भएन ? मेरो पुन जन्म भयो, WESTEROS महादीपको WINTERFELL राज्यमा । मेरो मनपसन्द / फेभरेट सिरिज “Game of Thrones” हुन पुग्यो । फेभरेट च्यानल “HBO” भयो । हरेक वर्ष “APRIL” महिनाको मलाई व्यग्रतासंग प्रतीक्षा हुन थाल्यो । यस्तो लाग्थ्यो, “APRIL” कुनै महिना होइन मेरि महिला हुन् ।

यसरी मैले पनि “Game of Thrones” संगै यात्रा गरे । “DORNE” को मदिरा चाखे । 700 सय फिट अग्लो फ्रोजन “WALL” को “NIGHTS WATCH” पनि भए । हजारौं दुश्मनी तरबारहरुलाई पगालेर बनाएको “IRON THRONE” मा बिराजमान भए । हिमालमा अबस्थित राज्य “VALE” को “MOON DOOR” पनि देखे । अनुहार बदल्ने “FACELESS” कला सिके । कति पटक मरे, कति पटक पुन जन्म लिए । “OLD VALARIYA” मा “GREYSCALE” बाट पिडित “STONEMEN” लाई छुए । “CITYDEL” को विशाल पुस्तकालयको पनि दर्शन गरे । “WHITE WALKER” संग मुकावला गरे । “DRAGON” को सवारी गरे । “NIGHT KING” लाई मारे ।
जिवनलाई जोगाए, मृत्युलाई फेरि मारे ।

यस Game of Thrones ( सिहाँसनको खेल ) भित्र ( संघर्ष / लालच / मोह / इमानदारी / घोका / माया / घृणा / बदला / त्याग / भ्रष्टाचार / अत्याचार / बिरोध / षड्यन्त्र / भगवान / धर्म / आश /अन्धबिस्वास / जादु / युद्ध / यौन / डर / सपना / अहंकार ) सबै छन् ।
यहाँ जिवनको डरलाग्दो भाषा छ । मृत्युको भरलाग्दो परिभाषा पनि छ ।

एउटा अन्तर्वार्तामा GEORGE R.R. MARTIN ले भनेका थिए-

” म पहिले जुन ठाँउमा बस्थे, त्यहाँ पाल्तु पशुहरु { कुकुर, बिरालो, खरायो, मुसा } पाल्न मनाही थियो । त्यसैले मैले कछुवा पाले । थुप्रै कछुवा पाले । कछुवाहरुको लागि सानो चिटिक्कको एउटा घर / महल पनि बनाईदिए । मैले समय’मै आहार दिएको थिए, हेरचाह गरेको थिए । तर, पनि बिस्तारै कछुवाहरु खै कसरी / किन हो एक-एक गर्दै मर्न थाले । म अचम्ममा परे, किन कछुवाहरु यसरी मर्दै छन् ? कतै केही रोग त लागेन यिनिहरुलाई ? म निराश भए । र, एक दिन पत्ता लगाए / थाहा पाए कछुवाहरु मर्नुको कारण ! तिनिहरु आफैं एकअर्कालाई टोक्दा रहेछन् र मर्दारहेछन् । यसरी Game of Thrones को आइडिया मेरो मस्तिष्कमा पस्यो / बस्यो ।

हरकोही ब्यक्ति केही न केहीबाट प्रभावित भएकै हुन्छन् । कोहि न कोहिबाट प्रेरित भएकै हुन्छन् । The Song of Ice and Fire जन्मिनुमा The Lord of The Rings र The War of Roses का आत्माहरु छन् ।”

चाहे किताब होस्, चाहे चलचित्र होस्, चाहे कुनै शृङ्खला नै होस् धेरै चर्चित / लोकप्रिय हुनेमा फ्यान्ट्यासी जनरा नै अघि आउँछ । तर, किन ?
किनभने हामी मान्छेहरुलाई कहिल्यै नपुगेको, नदेखेको, नभोगेको ठाउँ / ब्रह्माण्डले धेरै तान्छ / लोभ्याउछ ।

Game of Thrones कल्पनाको हावामा उडेर पनि पैताला भने यथार्थको घरातलमै राखेको छ । यसले हाम्रै कहानी / कथा भनेको / कहेको छ । हामी मान्छेहरुको लुकेको रुप देखाईदिएको / बताईदिएको छ ।

भाव अनि स्वभाव छिनछिनमा परिवर्तन हुने जात मान्छेहरुकै हुन्छन् । मान्छेहरुलाई बुझ्न र बुझाउन सबैभन्दा कठिन हुन्छ । यसरी “Game of Thrones” ले हाम्रै प्रकृति नजिकबाट केलाईदिएको / खेलाईदिएको छ ।

कथा / कहानीको सधैं खुशीमय अन्त्य हुँदैन । जिन्दगी पनि त्यस्तै हो भोलीको दिनले तपाईंको जिवनमा के लिएर आउँछ त्यो कसैलाई थाहा हुँदैन । जिन्दगी अप्रत्याशित छ, अनपेक्षित छ । तपाईंले वर्षौँ संगत गरेको मान्छे तपाईंको सबैभन्दा ठूलो दुश्मन हुन सक्छ । बाटोमा भेटेको अपरिचित बटुवा तपाईंको सारथि हुनसक्छ ।

[ It doesn’t matter whose skeleton sits on the Iron Throne. Dead is coming for all of us ]
हामी जिन्दगीभर पैसा, इज्जत, पद, शक्ति, माया, मोहको पछि दौडिन्छौँ तर कहिल्यै मृत्यु भन्दा टाढा पुग्न सक्दैनौं ।

Game of Thrones ले मनोरञ्जन मात्रै होइन, धेरै पाठ पढाएको / सिकाएको / बुझाएको / बताएको छ ।

सायद त्यसैले पनि होला, Game of Thrones टेलिभिजन जगतमा अहिलेसम्मकै सबैभन्दा रुचाईएको / चर्चा गरिएको / दर्शक पाएको शो बनेको छ । टेलिभिजन जगतको ओस्कार मानिने एम्मा अवार्डमा सबैभन्दा धेरै मनोनित र जितेको कीर्तिमान पनि Game of Thrones कै नाममा छ ।

धेरैको चित्त दुखाउदै, धेरैलाई असन्तुष्ट बनाउदै भर्खरै मात्रै Game of thrones ले बिदाई मागेर गयो । बिदाईमा मेरा पनि आँखाहरु पग्लिए । यस्तो लाग्यो, परिवारका सदस्यहरु छुटेर / छोडेर गए । तर पनि केही समाचारले मन प्रसन्न बनाईदिएको / पारिदिएको छ ।

टेलिभिजन कर्मी / लेखक Jane Goldman ले Game of Thrones को प्रिक्वल चाडैं HBO मार्फत नै ल्याउँदै छ । म फेरि WESTEROS को यात्रामा निस्किने छु । Game of Thrones को समय भन्दा हजारौं वर्ष पहिलेको समयमा । The Long Night को समयमा । First Men को समयमा । Children of Forest को समयमा । White Walker को समयमा । Dragon को समयमा ।

र, अर्को पनि समाचार- AMOZAN ले 25 करोड डलर खर्च गरेर The Lord of The Rings लाई टेलिभिजनको पर्दामा ल्याउदैछन् । यो समाचारले झन् मेरो दिल गार्डेन गार्डेन भएको छ ।

पिक्चर अभि बाँकी हे मेरे दोस्त !
किनभने अन्त्य आफैंमा एउटा सुरुवात हो र सुरुवात आफैंमा एउटा रहस्य हो ।

VALAR MORGHULIS (All Men Must die )

सम्बन्धित खवर