किन खाने काँचाे केरा ? काँचो केरा सम्बन्धी केहि उपयाेगी जानकारी - Khabar Nepali
  • शनिबार, असोज १०, २०७७

किन खाने काँचाे केरा ? काँचो केरा सम्बन्धी केहि उपयाेगी जानकारी

केरा अर्थात सदाबहार फल । बजारमा केरा बाह्रैमास पाइन्छ । कसैलाई कमजोरी भयो र तत्काल इनर्जी चाहियो भने एउटा केरा क्वाप्प खाँदा हुन्छ, केही मिनटमै शरीरको कमजोरी हराइहाल्छ । केरामा भएका तत्वहरु तत्काल शरीरले ग्रहण गरीहाल्छ, यसलाई पाचनको लामो प्रकृयामा अल्झीनै पर्दैन ।

यही कारण केरा किलोको भाउमा हैन, दर्जनको भाउमा बिक्छ । किनकी, केराका गुण पनि दर्जनौं छन् । पाकेको केरामा अत्याधिक पोषणतत्व पाइन्छ । केरामा आइरन, क्याल्सियम तथा भिटामिन प्रशस्त मात्रामा हुन्छ ।

यो त पाकेको केराको कुरा भयो । काँचो केरा पनि कम हितकर छैन । काँचो केरा खाँदा शरीरमा आइरनको पुर्तिमात्र गर्दैन, कयौ रोग लाग्नबाट बचाउँछ ।

काँचो केराका फाइदा :

पोटासियमको भण्डार

शरीरका लागि पोटासियम निकै आवश्यक छ । तर, पोटासियम सबै खानामा पाइदैन । यही कारण शरीरमा प्रायः पोटासियमको कमी भइरहन्छ । पोटासियमको मुख्य काम हो, शरीर स्फूर्त राख्नु र रोग प्रतिरोधात्मक क्षमता बढाउनु ।

काँचो केरा पोटासियमको भण्डार हो । काँचो केरामा भिटामिन बी ६ तथा भिटामिन सी पाइन्छ, जसले कोशिकाहरुलाई पोषण प्रदान गर्छ । काँचो केरामा पाइने एन्टी अक्सिडेन्ट र आवश्यक स्टार्चले शरीरलाई स्वस्थ राख्छ ।

मधुमेहको औषधि

मधुमेहका विरामीका लागि काँचो केरा अति उत्तम । काँचो केरामा भएको टरर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ । धेरैजसो मधुमेहका विरामीलाई अति गुलिया फलफुल खानबाट वञ्चित गरिन्छ । काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधी नै हो । यही कारण उनीहरु काचो केराको तरकारी पेटभरी खानसक्छन् ।

कब्जीयत हटाउने काइदा

विहान शौचालयमा राम्ररी दिसा निख्रदैन । यसैलाई कब्जीयत भनिन्छ । कब्जीयतका कारण पेटमा विभिन्न रोग लाग्ने गर्छ । यदि तपाइलाई पनि कब्जीयत छ भने काँचो केरा खाइहाल्नुस् । काँचो केराको अचार, तरकारी बनाएर खान सकिन्छ । काँचो केरामा अत्याधिक मात्रामा फाइबर हुन्छ ।

फाइबर अर्थात रेशायुक्त केराले हाम्रो पेट सफा गर्छ । काँचो केरा खाएपछि शरीरमा विषाक्त जम्न पाउँदैन र विस्तारै कब्जीयतको समस्या समाधान हुँदैजान्छ । काँचो केरा यस्तो क्षारीय भोजन हो, जुन ग्यास्ट्रीकका विरामीका लागि समेत लाभकारी छ ।

तौल घटाउँछ

नियमती रुपमा काँचो केरा खाने हो भने मानिसको पाचनतन्त्र बलीयो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन । बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहेन । यसले गर्दा हाम्रो शरीरको तौल घट्न मद्धत पुग्छ ।

कब्जियतको समस्याबाट मुक्त

यदि तपाईलाई कब्जियतको समस्याले सताएको छ भने हरेक दिन काँचो केरा खाने गर्नुहोस । यसले तपाईलाई खाना पचाउन मद्धत गर्छ । जसले गर्दा तपाइको कब्जियतको समस्या हराएर जान्छ । यसमा पाइने फाइबरले पेट सफा गर्न मद्धत गर्छ ।

हड्डी मजबूत पार्छ

फ्रुक्टोलिगोस्याचिराइड हुने भएकाले यसले हड्डी मजबूत पार्छ । यसले पाचनप्रणालीमा असल ब्याक्टेरिया सिर्जना गरी शरीरले खनिज र पोषक तत्व लिने क्षमतालाई मजबूत बनाउँछ । क्याल्सियमजस्ता तत्व लिने क्षमता वृद्धि गृर्छ ।

सुन्निएको निको पार्छ

केरामा ‘एन्टी इन्फ्लामेटोरी’ तत्वहरु हुन्छन् । यसको अर्थ के हो भने यो प्राकृतिक रुपमै सुन्निएको निको पार्छ भने आर्थराइटिस र युरिक एसिडमा लाभदायी हुन्छ । पोषक तत्व नपाएको अवस्था र वृद्ध अवस्थामा यस्ता समस्या देखिन्छ । त्यसैले दैनिक रुपमा केरा खाँदा यस्ता समस्या हट्छन् ।

तौल बढाउन पनि उपयोगी

केरा तौल बढाउन पनि उपयोगी हुन्छ । दूधसंग केरा खानाले तीब्र रुपमा तौल बढ्छ । दूधले आवश्यक प्रोटीन दिन्छ भने केराले चिनीको मात्रा उपलब्ध गराउँछ । यो सजिलै पच्ने भएकाले कम तौल भएको मानिसले दैनिक ५–६ कोसा केरा खानाले करिब ६ सय क्यालोरीसम्म प्राप्त हुन्छ, जसले गर्दा तौल बढ्न मद्धत पुग्छ । यसले शक्ति प्राप्त हुन्छ । खेलाडीले पनि थप उर्जा प्राप्त गर्न ब्रेकका बेला केरा खाने गर्छन्।

पायलको समस्या हटाउँछ

यदि दिसा सजिलै नआउने समस्या या पायल्स छ भने केरा यसको सही उपचार हो । केरा सूजनाप्रतिरोधी भएका कारण पायल्सको समस्या हटाउन मद्धत गर्छ ।

अल्सर निको पार्छ

लामो समयदेखि केरा एन्टासिड खाद्यपदार्थको रुपमा प्रयोग हुँदैं आएको छ । यसमा भएका तत्वले पेटका कोषिकाका क्रियाकलापलाई बढाइदिन्छ र एसिड बन्न दिँदैंन । यसले अल्सरको विकासमा कारक मानिएका पेटका खराब ब्याक्टेरिया नष्ट गर्छ ।

मिर्गौलामा समस्या निम्तन दिँदैंन

केराले शरीरमा तरल पदार्थको सन्तुलनमा नियमितता ल्याउन मद्धत गर्ने भएकाले मिर्गौलामा समस्या निम्तन दिँदैंन । यसमा भएको एन्टीअक्सिडेन्टले मिर्गौलाले गर्ने काममा सकारात्मक असर गर्छ र विषाक्त पदार्थ बाहिर फ्याँक्न मद्धत गर्छ ।

यसका साथै केरा दृष्टि शक्तिमा फाइदाजनक मानिन्छ भने पोटासियमको राम्रो स्रोत भएकाले पनि मुटुका रोगीलाई फाइदा गर्छ, उच्च रक्तचाप घटाउन मद्धत गर्छ । उच्च आइरन हुने भएकाले रक्तअल्पता हुन दिँदैन ।

हामीले केरा सम्बन्धी केहि थप जानकारी दिइएका छाै :

सुत्नुभन्दा पहिला उमालेर खाने गर्नुहाेस् केरा, केहि दिनमै देखिनेछ यस्तो चमत्कार !

केराको फाइदाको बारेमा तपाईले धेरै सुनेको पढेको हुनुहुन्छ होला । केरामा पोषक तत्व पाइन्छ । यसको सेवन गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा गर्छ । आयुर्वेदमा केराको सेवनलाई ऊर्जावर्धक र बलवर्धकको रूपमा वर्णित गरीएको छ ।

यदि तपाई केरा खानुहुन्न भने पनि यसको सेवन गर्न सुरु गर्नुहोस् । आज हामी तपाईलाई केरा कसरी खाने भनेर बताउन गैरहेका छौ । यो तरीका अरुभन्दा फरक छ । शायद तपाइले यस्तो कहिल्यै पनि गर्नु भएको छैन ।

बेलुका सुत्नुभन्दा पहिला केरा उमालेर खानाले तपाईले केहि दिनमै यसको प्रभाव देख्न थाल्नु हुनेछ । केहि मान्छेहरु तौल बढाउन पनि केराको प्रयोग गर्छन् ।

अब हामी तपाईलाई केराको औषधीय प्रयोगको बारेमा बताउदैछौ। यो प्रयोग धेरै सजिलो र लाभदायक रहने छ । यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने केराको सेवनले तपाईको लागि फाइदाजनक साबित हुनेछ ।

केरामा पाइने क्याल्सियमले तपाईको शरीरमा बल दिनुका साथै हड्डीहरुलाई पनि बलियो बनाउँछ । त्यसैले आयुर्वेदमा पनि यसलाई हड्डीहरुलाई बलियो बनाउने एक फल मानिन्छ ।

यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने सुत्नुअघि एक कप केराको चिया बनाएर पिउनुहोस् । निरन्तर एक हप्तासम्म यसो गर्नाले तपाईले रातमा राम्रो निन्द्रा पाउनुहुनेछ । साथै बिहान उठ्दा पहिलेभन्दा बढी आराम महसुस गर्नु हुनेछ ।

बनाउने विधि

यदि तपाईलाई निन्द्रा नलाग्ने समस्या छ भने एउटा पाकेको केराका साथै एउटा सानो दालचिनीको टुक्रा लिनुहोस् र एक कप पानी लिनुहोस् । यसपछि, पानीमा दालचीनी राख्नुहोस् र यसलाई उम्लिन दिनुहोस् । पुरै उम्लिसकेपछि केरालाई बोक्रा सहित सानो-सानो टुक्रामा काट्नुहोस् र उम्लिरहेको पानीमा हाल्नुहोस् ।

१० मिनेटसम्म सानो आगोमा पकाएपछि छानेर पानीलाई चिया जस्तै गरी पिउनुहोस् । यसो गर्नाले तपाईको ननिदाउने समस्यामा राहत पुग्नेछ । तपाईको निन्द्रा राती पनि खुल्छ भने यो तपाईको लागि फाईदाजनक हुनेछ । सायद तपाईलाई थाहा छैन कि यसको बोक्रापनि धेरै गुणकारी हुन्छन् । केराको बोक्रामा पोटाशियम र म्याग्नेसियम पाइन्छ। यी दुवै नर्वस सिस्टमलाई आराम गरेर निन्द्रा लाग्न मद्दत गर्छ।

स्पोर्ट्स ड्रिङ्कभन्दा केरा खानु राम्रो, के पाइन्छ केरामा ?

खेलाडीका लागि ‘स्पोर्ट्स ड्रिङ्क’भन्दा पनि केरा राम्रो रहेको एक अध्ययनले देखाएको छ । खेलाडीले खेलका क्रममा उपभोग गरेका कार्बोहाइड्रेटको प्रभावबारे गरिएको अनुसन्धानमा अनुसन्धानकर्ताले केरामा पीडानाशक गुण रहेको पत्ता लगाएका थिए । केरा बिक्रेता कम्पनी डोल फुड्सको सहयोगमा भएको अनुसन्धानले यो तथ्य पत्ता लागेको हो ।

प्रमुख अनुसन्धानकर्ता डेभिड निम्यानका अनुसार स्पोटर््स ड्रिङ्कको विकल्प खोज्नेहरुका लागि केरा उपयोगी छ । तर, शारीरिक अभ्यासका दौरान कति केरा खाने भन्नेबारे वैज्ञानिकहरुले त्यति स्पष्ट पारेका छैनन् । शारीरिक अभ्यासका क्रममा केरालगायतका फलफूलले पार्ने असरबारे भने उनीहरु अध्ययन गर्ने योजनामा छन् ।

के पाइन्छ केरामा ?

केरामा भिटामिन र खनिज प्रचूर मात्रामा पाइन्छ । यसमा पाइने भिटामिन सी, भिटामिन बी, रिवोफ्लाबिन, फोलेट, प्यान्टोथेनिक एसिड र नियासिनका कारण अन्य फलभन्दा उत्कृष्ट फल मानिन्छ। यसमा पोटासियम, म्याग्नेसियम, तामाजस्ता खनिजहरु पनि प्रचुर रुपमा पाइन्छ । यो फाइबर र प्रोटिनको असल स्रोत पनि हो ।

केरालाई विभिन्न स्वास्थ्य समस्यामा लाभदायी मानिन्छ । केरामा चिल्लो पदार्थ नहुने भएकाले तौल घटाउँछ । हड्डी मजबुत पार्छ ।

यस्तै, यसले पायल्सको समस्या हटाउँछ भने फाइबरको मात्रा प्रचुर हुने भएकाले कब्जियत हटाउँछ र दिसा सजिलै गराउँछ । यसले आन्तरिक पाचन प्रणालीमा पनि सुधार गर्छ र ‘कोलोरेक्टल क्यान्सर’ हुन दिँदैंन ।

लामो समयदेखि केरा ‘एन्टासिड’ खाद्य पदार्थका रुपमा प्रयोग हुँदै आएको छ । यसमा पाइने तत्वले पेटका कोषिकाको क्रियाकलापलाई बढाइदिन्छ र एसिड बन्न दिँदैन । यसले अल्सरको विकासमा कारक मानिएका पेटका खराब ब्याक्टेरिया नष्ट गर्छ ।

साथै, केरालाई दृष्टि शक्तिका लागि पनि फाइदाजनक मानिन्छ भने पोटासियमको राम्रो स्रोत भएकाले मुटुरोगी फाइदा गर्छ । यस्तै, उच्च रक्तचाप घटाउन मद्दत गर्छ । केरामा उच्च आइरन हुने भएकाले यसको सेवनले रक्तअल्पता हुन दिँदैन ।

कतिकाे फाईदाजनक छन् त बहिर बाेक्रामा कालो दाग भएको केरा स्वास्थ्यका लागि ?

केरा सेवन गरिरहेकाे हुनुहुन्छ ? बजारबाट केरा किनेर ल्याँउदा होस् वा घरमा पाकेको केरा खाँदा होस् सबैले पहेँलो र राम्रो केरा नै रोज्ने गर्छन् ।

धेरैलाई लाग्न सक्छ हलुका कालो दाग लागेको केरा विग्रेको हुन सक्छ सोही कारण पहेँलो केरा नै हरेकको रोजाईमा पर्ने गर्छ । तर, हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ की कालो दाग लागेको केरा स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ भनेर ।

जब केरा धेरै पाक्छ तब यसका फाइदा कयौं गुणा बढेर जान्छ । केरामा लाग्ने कालो दाग पनि कुहिएर वा विग्रिएर नभई पाक्दै जाँदा देखिने दाग हो । यस्तो कालो दाग देखिएको केरा सेवन गर्दा क्यान्सर रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने एक अध्ययनले देखाएको छ ।

यसले शरीरमा ‘एन्टिअक्सीडेन्टन’ को मात्रा तथा सेतो रक्त कोषको क्षमतामा वृद्धि गर्ने अध्ययनले देखाएको छ । त्यस कारण पाकेको केरामा कालो दाग बस्यो भन्दैमा फाल्नुको सट्टा तुरुन्तै खाने गरौं ।

कालो दाग लागेको केराले स्वास्थ्यलाइ दिने फाइदाहरु :

एसिडिटी घटाउन

यस्तो केरामा ‘एन्टी एसिड’ गुण हुन्छ । जसले टाउकोमा हुने दुखाई तथा एसिडिटीलाई राहत दिन्छ ।

उच्च रक्तचापलाई नियन्त्रण राख्छ

केरामा ‘पोटासियम’ को मात्रा अधिक रहनुको साथै ‘सोडियम’ को मात्रा धेरै कम हुन्छ । जसले उच्च रक्तचाप नियन्त्रण राख्छ । यसले शरीरमा पानीको मात्रा कमी हुन दिदैन ।

क्यान्सरबाट जोगाउँछ

जापानमा भएको एक अध्ययन अनुसार जुन केराको बोक्रामा कालो दाग हुन्छ, त्यसमा ‘टीएनएफ’ नामक तत्वको भरपुर मात्रा रहन्छ । जसलाई ‘टियुमर नेक्रोसिस फ्याक्टर’ भनिन्छ । यसले शरीमा क्यान्सर पैदा गराउने कोषिकासँग लड्न सहयोग पुर्याउँछ ।

पेट सम्बन्धी रोग

यस्तो केरा खानाले पेट पोल्ने समस्या, ग्यास, एसिडिटीबाट बचाउँछ । यसका लागि केरालाई चीनीसँग मिसाएर खादा धेरै फाइदा दिन्छ । ‘म्याग्नेसियम’ को भरपुर मात्रा रहेको हुदा केरा सहजै पचाउँन सकिन्छ । जसले शरीरको ‘मेटाबोलिजम’ दुरुस्त राख्छ ।

एनिमियामा राहत

कालो दाग भएको केराको सेवनले एनेमिया अर्थात् रक्त अल्पत्ताबाट जोगाउँछ । यस्तो केराको सेवनले रगतमा आइरनको मात्रा बढाउँछ । जसले ‘हेमोग्लोबिन’ मा फाइदा पुग्छ । साथै शरीरमा शक्ति प्रदान गर्छ ।

अल्सरबाट छुट्कारा

जव पेटको अल्सर हुन्छ तव धेरै खाने कुरा बार्नु पर्ने हुन्छ । तर कालो धब्बा लागेको केरा निर्धक्क खान सकिन्छ ।

कब्जीयतका लागि फाइदाजनक

कब्जीयत भएको अवस्थामा केरा खाँदा यसले धेरै फाइदा दिन्छ । यसले प्राकृतिक रुपमा पेट सफाइ गर्न सहयोग गर्छ ।

यो पनि पढ्नुहोस् :

अंकुरित खाद्य स्वास्थ्यका लागि अमृत भोजन जानिराखाैँ :

प्राकृतिक चिकित्सा एक यस्तो चिकित्सा विज्ञान हो, जसमा कुनै पनि औषधिको प्रयोगबिना रोगको उपचार गरिन्छ । यसमा आहारलाई नै औषधिको रुपमा प्रयोग गरिन्छ र अंकुरित खाद्य पदार्थलाई विशेष जोड दिइन्छ । यस्ता खाद्यलाई अमृत भोजनको संज्ञा पनि दिन सकिन्छ ।

अंकुरित खाद्य भनेको अनाज, गेडागुडी वा तरकारीका बिउहरूलाई पानीमा निश्चित समयसम्म भिजाएर उमारिएको खाद्यपदार्थ हो । उमार्दा अनाज, गेडागुडी वा तरकारीका बिउमा पाइने जटिल संरचना भएको पौष्टिक तत्वहरू सरल संरचनामा परिवर्तन हुन्छन् र नयाँ खनिज, भिटामिन तत्वहरु उत्पन्न हुन्छन् र सुपाच्य बन्छन् ।

यसलाई खाजा तथा नास्ताको रूपमा दिनहुँ काँचै खान सकिन्छ । काँचै खाँदा असर गर्छ भने हल्का बफाएर खान सकिन्छ तर काँचै खाँदा यसबाट अधिक मात्रामा पौष्टिक तत्व प्राप्त गर्न सकिन्छ ।

अंकुरित खाद्यका फाइदाहरू

यस्ता खाद्य पदार्थमा कार्वाेहाइड्रेट, ग्लुकोज, फ्रुक्टोज, माल्टोज आदिमा र प्रोटिन अमिनो एसिडहरूमा परिवर्तन हुन्छन् भने खनिज तत्व र भिटामिनको मात्रा र गुणस्तरमा वृद्धि हन्छ । उमार्दा खाद्य पदार्थमा हुनसक्ने अखाद्य तत्व पनि नष्ट हुन्छन् । यी परिवर्तनले गर्दा पौष्टिक तत्वहरू सुपाच्य हुन्छन् र शरीरले सजिलै प्रयोग गर्न सक्छ ।

अंकुरित खाद्य पदार्थमा भिटामिन ए, बि, सी र के को मात्रामा वृद्धि हुन्छ ।

उमार्दा लाइसिन नामक अमिनो एसिड बन्छ जसले क्याल्सियमको शोषणमा मद्दत गर्दछ, मांसपेशीको प्रोटिन बनाउँछ, घाउहरू चाँडै निको पार्छ र हर्माेन, इन्जाइम्स् र एन्टिबडी बनाउन निकै महत्वपूर्ण भूमिका खेल्छ ।

अंकुरित खाद्यमा एन्टिअक्सिडेन्ट तत्वहरू बढी मात्रामा पाइन्छन् जसले गर्दा फ्रिराडिकल्सको असरबाट हुने थुप्रै रोगबाट बच्छ सक्छौँ।

अंकुरित मेथीले मधुमेह र वाथ रोगमा फाइदा गर्छ ।

अंकुरित खाद्यहरूमा बिरूवामा पाइने फाइटोइस्ट्रोजिन भन्ने तत्व पाइन्छ जसले महिलाहरूमा महिनावारी रोकिएपछि हुने समस्याहरू जस्तै हड्डी कमजोर हुने, शरीर तात्ने, पसिना आउने, मन अनियन्त्रित हुने जस्ता महिनावारी हुनुभन्दा पहिला देखिने समस्याहरू र स्तन क्यान्सरलाई नियन्त्रण गर्दछ ।

यसमा कम क्यालोरी हुन्छ । नियमित सेवनले तौल घटाउन मद्दत गर्दछ ।

खाद्यपदार्थ उमार्ने तरिका

सबैभन्दा पहिले राम्रो खालको अनाज, गेडागुडी वा तरकारीका बिउलाई राम्ररी धुनुपर्छ । त्यसपछि सफा र स्वच्छ पानीमा ६ देखि १२ घण्टासम्म भिजाएर राख्नुपर्छ । बाँकी रहेको पानी फाल्ने र पुनः एकपटक सफा पानीले धुने ।

अब सफा र पातलो सुतीको कपडामा पोको पार्ने र घाम नलाग्ने अँध्यारो ठाउँमा झुन्डाएर राख्ने वा पोको नपारिकन घाम नलाग्ने अँध्यारो ठाउँमा त्यतिकै राख्ने । यसरी राखेको २४ घण्टादेखि ७२ घण्टाभित्र यी पदार्थ उम्रन्छन् ।

उमार्न सकिने खाद्य तत्वहरू

अनाज : गहुँ

गेडागुडी : मुङ्गको गेडा, चना, भटमास, बोडी आदि ।

बिउ : मेथीको दाना, ब्रोकाउली, बन्दागोभी, गाँजर, मुला, सलगम, चुकन्दर आदि ।

अंकुरित अन्न र केही अनुसन्धानहरु

अमेरिकामा १० हजार मानिसमा गरिएको एक सर्वेक्षणले अंकुरित मुङ हप्तामा ४ पटकभन्दा बढी खानाले मुटु रोग २२ प्रतिशतले कमी आउने देखाएको छ । त्यसैगरी नर्सहरूमा गरिएको अर्काे सर्वेक्षणले हप्तामा ४ पटकभन्दा बढी खानाले आन्द्राको क्यान्सर हुने सम्भावना ३५ प्रतिशत कम हुने तथा पुनः दोहोरिने सम्भावना ६५ प्रतिशतले कम हुने देखाएको छ ।

अंकुरित मुङमा पाइने खाद्य रेसाहरूले पित्तलाई सोस्छ जसले गर्दा रगतमा कोलेस्टेरोलको मात्रा कम हुन मद्दत गर्दछ । यसमा ग्याँस बनाउने तत्वहरू कम मात्रामा हुन्छन् जसले गर्दा कुनै पनि पाचन प्रणाली सम्बन्धित रोगहरूमा यसलाई खान सकिन्छ ।

अंकुरित मुङमा भिटामिन ‘सि’ र ‘के’ प्रचुर मात्रामा पाइन्छ ।

अंकुरित ब्राउन राइस खाँदा मधुमेहमा फाइदा पुग्छ । यसबाट मुटु र रक्तनलीसम्बन्धी रोग लाग्ने सम्भावना कम हुन्छ । यस्तै, निरास तथा रिस जस्ता भावना कम हुन्छन् र थकान पनि चाँडै मेटिन्छ ।

अनाजहरू तथा गेडागुडी उमार्दा अमिनो एसिडहरू र बि ग्रुप भिटामिनहरू र सरल चिनीको मात्रा बढ्छ भने प्रोटिन र जटिल कार्वाेहाइड्रेड सुपाच्य हुन्छन् ।

अंकुरित ब्रोकाउलीको बिउमा इसोथाइसाइनेट्स नामक तत्व पाइन्छ जसले मूत्रथैली, स्तन तथा पेटको क्यान्सर हुनबाट बचाउँछ ।

अंकुरित ब्रोकाउलीको बिउ गर्भवतीले नियमित खाएमा बच्चाहरूलाई जीवनभर मुटु रोग नलाग्न सक्छ ।

फापरमा अंकुरित गर्न राखेको २४ घण्टापछि कलेजोमा बोसो जमेर हुने रोगहरूलाई निको पार्ने तत्वहरूको जन्म हुन्छ । यसमा रुटिन र क्युसर्टिन भन्ने तत्वहरूको पनि वृद्धि हुन्छ ।

अंकुरित केराउमा सुपाच्य खनिज तत्वहरू जिंक र म्याग्नेसियमको वृद्धि हुन्छ । यसका लागि केराउ ४ दिनसम्म उमार्नुपर्छ । जिंकले छाला र कपाल राम्रो बनाउँछ र साथै विर्यको गुणस्तरमा वृद्धि गर्दछ ।

हामीले केहि सम्बन्धित थप जानकारी दिइएका छाैँ :

कस्तो हुनुपर्छ सुत्केरीका लागि भोजन ?

‘नानी रोएको छ, भोक लाग्यो होला, खुवाइहाल’

‘नानीलाई छिटो दुध खुवाउनु’ शिशुका आमालाई घरपरिवारले यस्ता कुरा भनिरहन्छन्, सम्झाइरहन्छन् ।

अर्थात् धेरैको ध्यान शिशुमा हुन्छ। तर शिशुलाई दुध खुवाउनुपर्ने भएकाले पोषिलो खाना समयमा खानु, आराम गर्नु जस्ता कुरा विरलै सुन्छौँ ।

हो, बच्चाले भन्न जान्दैन। त्यसैले उसलाई समय–समयमा आमाको दुध खुवाइरहनुपर्छ। सुरुमा पाएको पोषिलो आहारले उसको भावी जीवनलाई प्रभाव पार्छ ।

शिशुले जन्मदेखि कम्तीमा पनि ४ वा ६ महिनासम्म प्रशस्त मात्रामा आमाको दुध खान पाएको खण्डमा उसले आवश्यक पौष्टिक तत्व त पाउँछ नै, रोग प्रतिरोधात्मक शक्ति पनि प्राप्त गरी उसको सन्तुलित वृद्धि र विकासमा टेवा पुग्छ ।

सर्वगुणसम्पन्न आमाको दुधको स्रोत अर्थात् आमाको पोषणको स्तर, उनले दैनिक प्राप्त गर्ने खानाको स्तरबारे भने तुलनात्मक रुपमा कम मात्र चासो राख्ने गरेको पाइन्छ । अझ नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने स्तनपानलाई पौष्टिक र स्वास्थ्यका दृष्टिकोणले भन्दा पनि परम्परागत मान्यताको रुपमा अवलम्बन गरिएको छ ।

स्तनपानलाई प्राथमिकता दिँदा शिशुले यथेष्ट पौष्टिक तत्व प्राप्त गर्ने मौका पाउँछ । तर आमाको खानामा उचित ध्यान पुर्याउन नसकेमा उनको स्वास्थ्य प्रतिकूल असर पर्न सक्छ । प्रायजसो सुत्केरी महिलामा लौहतत्व, भिटामिन ए तथा प्रोटिनको कमी भएको कुरा अध्यानले देखाएको छ ।

 

साधारणतया महिलाहरु आफ्नो बच्चलाई स्तनपान गराउन सक्षम हुन्छन् । टीबी, एड्स तथा विशेष औषधिको सेवन गरिएको अवस्थाबाहेक अन्य साधारण अवस्थामा स्तनपान गराउन सकिन्छ । सफलताका साथ स्थानपान गराउन सुत्केरी अवस्थाबाहेक गर्भवती अवस्थामा समेत महिलाको दैनिक खानामा ध्यान दिनुपर्ने हुन्छ ।

आमाको पोषणस्तर जति राम्रो हुन्छ, त्यति नै गुणात्मक र परिणात्मक रुपमा शिशुले आमाको दुध प्राप्त गर्न सक्छ । एकातिर आमाको स्वास्थ्यस्थिति सन्तुलित राख्न र अर्कोतिर शिशुलाई यथेष्ट दुध उपलब्ध गराउन आमाको भोजनमा साधारणभन्दा थप खानाको व्यवस्था गर्नुपर्छ ।

महिलाको अवस्था, उनले गर्ने कामको प्रकार हेरि दैनिक भोजनमा क्यालोरी, प्रोटिन, भिटामिन, खनिज पदार्थ थप गर्नुपर्ने हुन्छ । सुत्केरी महिलाले दैनिक आवश्यक सन्तुलित भोजन प्राप्त गर्न सकेमा शरीर स्वस्थ राख्न मद्दत मिल्छ।

साथै, दुध बन्नका लागि शरीरमा जम्मा भएको पौष्टिक तत्वको पुनः पूर्ति हुनुका साथै शिशुका लागि प्रशस्त दुध उत्पादन गर्न मद्दत पुर्याउँछ ।

एक स्वस्थ दुध खुवाउने महिलाबाट करिब ६ सय मिलिलिटर प्रतिदिन दुध बन्न सक्छ । आफ्नो दैनिक पौष्टिक आवश्यकता पूरा गर्न र उल्लिखित परिमाणमा दुध बन्न उनलाई दैनिक आवश्यकताबाहेक थप पोषिलो खानाको जरुरत पर्न सक्छ ।

आमाले गरेको भोजन क्यालोरीमध्ये ६० प्रतिशत क्यालोरी मात्रा दुधमा रुपान्तरण हुन सक्ने भएकाले ४ सय २० क्यालोरीका लागि दैनिक थप ७ सय क्यालोरी आवश्यक पर्नेहुन्छ ।

यसैगरी आमाको दुधमा प्राप्त हुने ७.२ ग्राम प्रोटिनका लागि भोजनमा १४.४ ग्राम आवश्यक पर्ने हुनाले यस आवश्यक पर्ने हुनाले यस अवस्थामा २० ग्राम थप प्रोटिन अवस्थामा २० ग्राम थप प्रोटिन आवश्यक पर्छ ।

यसैगरी दुध खुवाउने महिलाको भोजनमा दैनिक ७ सयदेखि १ हजार मिलिग्रामसम्म क्याल्सियम थप गर्नुपर्ने हुन्छ । आमाको दुध बन्न शरीरको कुल क्याल्सियममध्ये करिब २ सयदेखि ८ प्रतिशत खर्च हुने भएकाले यसको पूर्तिका लागि पनि थप क्याल्सियम आवश्यक पर्ने हुन्छ ।

यदि दुई बच्चाबीचको जन्मान्तरको दूरी कम छ भने त्यस्तो स्थितिमा आमाको शरीरमा क्याल्सियम आवश्यक मात्रामा जम्मा हुन नसक्दा पछि गएर हाड कमजोर हुने सम्भावना हुन्छ । शिशु जन्मँदा रगत खेर जाने भएकाले यस समयमा बढी फलाम (लौहतत्व ) आवश्यक हुन्छ । तर स्तनपानको समयमा भने थप लौहतत्व त्यति आवश्यक पर्दैन ।

सुत्केरी अवस्थामा गर्भवती अवस्थामा भन्दा कम लौहतत्व भए पुग्ने हुन्छ । प्राय प्रशस्त स्तनपान गराउन्जेलसम्म केही महिना महिनावारी नहुने र महिनावारी सुरु भएपछि भने थप लौहतत्व आवश्यक पर्ने हुन्छ । भिटामिन ए, बी, सी, फोलिक एसिडका हकमा भने थप आवश्यक पर्दछ ।

यसप्रकार आमाको खानाले उनको शरीरबाट उत्पन्न हुने दुधको गुण र परिमाणमा प्रभाव पार्छ । त्यसैले यस अवस्थामा सकेसम्म उचित भोजनको व्यवस्था गर्नुपर्ने हुन्छ ।

हुन त कमजोर आर्थिक अवस्था भएको र उचित भोजन प्राप्त गर्न नसकेको अवस्थामा पनि महिलाले आफ्नो बच्चालाई स्तनपान गराउन सक्छिन् । यस्तो स्थितिमा आमाको शरीरका कोषहरुमा जम्मा भएका तत्वहरु प्रयोग भई दूध बन्ने भएकाले आमाले आफ्नो शिशुलाई स्तनपान गराउन त सक्छिन् ।

तर उनको शरीरमा बिस्तारै पौष्टिक तत्वको अभावबाट स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ । यस्तो स्थितिमा प्राप्त भएको आमाको दुधको आयतन कम हुने तथा परिमाणमा समेत कम हुन सक्छ ।

शक्तिभन्दा पनि भिटामिन बी, सी, थायमिनको परिमाणलाई आमाको खानाले बढी प्रभाव पार्छ । यदि आमाको खानामा उल्लिखित भिटामिनको कमी छ भने शिशुमा यी तत्वको अभाव हुने धेरै सम्भावना हुन्छ । यसैगरी जिंक र आयोडिनको अभाव छ भने पनि शिशुले पर्याप्त यी खनिज तत्व प्राप्त गर्न नसकी वृद्धि विकासमा असर पर्ने हुन्छ ।

शिशुको सर्वाङ्ग विकासका लागि चहिने सम्पूर्ण तत्वहरु आमाको दुधमा प्राप्त हुन्छ । यसले आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्ने हुन्छ। जस्तै स्तनपान गराउँदा आमाको शरीरबाट निस्कने एक प्रकारको हार्मोन अक्सिटोक्सिनले पाठेघरको मांसपेशी खुम्च्याउने, चाँडो रक्तस्राव रोक्ने, पहिलेको शारीरिक बनाबट र तौल कायम गर्ने, आमा र शिशुबीच बलियो भावनात्मक सम्बन्ध कायम राख्न मद्दत पुर्याउने हुन्छ ।

त्यसैले गर्भवती अवस्थामा समेत आमाको दैनिक भोजनको उचित व्यवस्था गर्नुपर्छ । यसबाहेक घर परिवारबाट पूर्ण सहयोगका साथै उचित वातावरण उपलब्ध गराउन सकेमा अवश्य पनि सफलताका आफ्नो शिशुलाई स्तनपान गराउन सक्छिन् ।

कतै यो पढ्न त छुटाउनु भएन ? एक पटक अवश्य पढ्नुहोला :

गर्भवती हुदा महिलाले कस्ता खानेकुराहरु खानुपर्दछ ? जानिराखाैँ :

गर्भवती अवस्थाका सबै महिलालाई सेवा र हेरचाह आवश्यक पर्छ । यस्तो सेवालाई प्रायशः गर्भवती वा पूर्वप्रसूति सेवा भन्ने गरिन्छ । गर्भवती सेवाले गर्भवती महिलालाई स्वस्थ रहन तथा सुत्केरी हुँदाका समस्या कम गर्न सहयोग पुयाउँछ । महिला आफै, उनका परिवार तथा समुदायले गर्भवती सेवा दिनमा मद्दत पुयाउँछन् । साथसाथै गर्भवती महिलाको हेरचाह गर्न जानेका मातृशिशु स्वास्थ्य सहयोगीले सेवा प्रदान गर्न सक्छन् ।

मातृशिशु स्वास्थ्य सहयोगीले गर्भवती अवस्थामा मात्र होइन, प्रसूति व्यथा लाग्दा वा सुत्केरी भएपछि पनि सेवा दिने गर्छन् ।

गाउँघरमा धेरैजसो महिलाको सामान्य प्रसव हुने गर्छ । यसकारण गाउँघरमा गर्भवती सेवामा त्यति ध्यान दिँदैनन्, सोच्ने गर्दैनन् तर कतिपय अवस्थामा महिलालाई राम्रोसँग जाँच गर्न, आवश्यक पर्ने सुई दिन र सुरक्षित रूपमा सुत्केरी गराउन स्वास्थकर्मीको ठूलो भूमिका हुन्छ ।

गर्भवती महिलाहरुले ध्यान दिनुपर्ने कुराहरु

-राति आठ घन्टा र दिनमा दुई घन्टा अनिवार्य सुतेर आराम गर्ने

-गर्भवती महिलाले मनमा सकारात्मक कुराहरू मात्र सोच्ने, नकारात्मक कुरा सोच्दा ब्लडप्रेसर बढ्नेलगायत मानसिक समस्या सिर्जना हुन सक्छ

-धुम्रपान, मद्यपान सेवन नगर्ने

-चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधि नखाने

-शारीरिक तथा मानसिक कडा पर्ने खालको परिश्रम नगर्ने, कडा परिश्रम गर्दा समय नपुगी बच्चा जन्मने र बच्चा तथा आमाको स्वास्थ्य जोखिम हुन सक्छ

-बिहान उठ्नेबित्तिकै व्यक्तिगत सरसफाइ गर्ने, अन्य समयभन्दा यो समयमा सरसफाइमा बढी ध्यान दिनुपर्छ

-पोषिलो खानेकुरा खाने

-अन्य समयभन्दा बढी झोलयुक्त खानेकुरा खाने

-नियमित सेवन गर्ने औषधि आइरन, क्याल्सियम खाने

यस्ता छन् गर्भवती महिलाले खानैपर्ने खानेकुराहरु :

१. होल ग्रेन

होल ग्रेनमा फाइबर र पोषक तत्व उच्च मात्रामा हुन्छ । यसमा एन्टीअक्सिडेन्ट, मिनरल सेलेनियम हुन्छ भने यसमा पाइने फाइटोन्युट्रियन्ट्सले शरीरका कोषलाई रक्षा गर्छ ।

२. ओखर

ओखर ओमेगा थ्रि एसको राम्रो स्रोत हो । यसमा प्रोटीन र फाइबर पनि पाइन्छ । बिहानै स्न्याक्सका रुपमा या सलादका रुपमा ओखर खान सकिन्छ ।

३. दही

दहीमा प्रोटीन, प्रोबायोटिक्स र क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्डी मजबूत पार्नुका साथै शिशुको स्वस्थ हड्डीको विकास गर्न सघाउ पु¥याउँछ ।

४. गाढा हरियो सागसब्जी

पालुंगोजस्ता सागसब्जी पनि गर्भवतीका सुपरफुड मानिन्छन् । यिनीहरु भिटामिन र पोषकतत्वले भरिपूर्ण हुन्छन् । खासगरी हरियो सागसब्जीमा भिटामिन ए, सी र केका साथै फोलिक एसिड पाइन्छ ।

५. बोसोरहित मासु

बोसोरहित मासु उच्च प्रोटिनको मुख्य स्रोत हो । बोसो नभएका मासुमा स्पाइनल कर्ड मजबूत बनाउन उपयोगी मानिने कोलिन पाइन्छ ।

तर, राम्ररी नपाकेको या आधा पाकेको मासुबाट भने टाढै रहनुपर्छ, त्यस्तो मासुमा ब्याक्टेरिया र परजीवी हुने सम्भावना हुन्छ । जुन गर्भमा बढिरहको शिशुका लागि खतरनाक हुन सक्छ ।

६. विभिन्न रंगका फलफूल तथा तरकारी

हरियो, रातो, सुन्तला, पहेंलो तथा बैजनी रंगका फलफूल सेवनले शिशुले विभिन्न पोषक तत्व प्राप्त गर्छ । हरेक रंगको फलफूलमा अलग खालको भिटामिन र खनिज तत्व पाइन्छ

७. अण्डा

अण्डा प्रोटिनको राम्रो स्रोत हो । प्रोटिनले कोषहरु निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले गर्भवस्थामा अण्डा खानु राम्रो हुन्छ । यसमा कोलिनलगायतका दर्जनौं भिटामिन र खनिज तत्वहरु पाइन्छ ।

कोलिनले बच्चाको दिमाग र स्पाइनल कर्ड राम्ररी विकास गर्न सघाउ पु-याउँछ । यसका साथै यसले न्युरल ट्युबका समस्या पनि हुन दिँदैंन ।

८. साल्मोन

गर्भको शिशुको स्वस्थ विकासका लागि ओमेगा ३ फ्याटी एसिड महत्वपूर्ण मानिन्छ । यसले आमाको मूड पनि सकारात्मक बनाउँछ । सामुद्रिक खानामा कम मक्र्युरी हुने भएकाले हरेक साता खाने सल्लाह दिइन्छ ।

९. गेडागुडी

गेडागुडी पनि प्रोटिनसहित आइरन, फोलिक एसिड, पोटासियम, म्याग्नेसियम र आवश्यक फ्याटी एसिडको राम्रो स्रोत हो ।

यिनै तत्वहरु गर्भावस्थामा चाहिन्छ । यसका साथै यो फाइबरको राम्रो स्रोत भएकाले गर्भावस्थामा निम्तने साझा समस्या कब्जियत र हेमोरोइड्सबाट पनि रोकथाम गर्छ ।

१०. सखरखण्ड

सखरखण्डले क्यारोटेनोइड्स तत्वबाट सुन्तला रंग प्राप्त गर्छ, यो शरीरमा भिटामिन एमा परिवर्तन हुन्छ । यो भिटामिन सी, फोलिक एसिड र फाइबरको मुख्य स्रोत हो ।

गर्भवती महिलाले खान नहुने कुराहरु

१. अल्कोहल

अल्कोहलले पनि भर्खर विकास हुँदैं गरेका शिशुको दिमागलगायतका अंगलाई क्षति पु¥याउँछन् । यसले गर्दा पछि बच्चा मानसिक रुपमा अपांग भएर जन्मने सम्भावना हुन्छ ।

२. नपखालिएका तरकारी

राम्ररी नपखालिएका तरकारीमा टोक्सोप्लाज्मा नामक परजीवी हुन्छन् । यसका कारण टोक्सोप्लाज्मोसिस हुने भएकाले यो शिशुका लागि हानिकारक हुन्छ । त्यसैले तरकारीलाई साबुनपानीले होइन, ब्रसले पानीमा पखाल्नुपर्छ ।

यस्तै, ब्याक्टेरिया हुन सक्ने भएकाले तरकारीको फेद र टुप्पो पनि काट्नुपर्छ ।

३. पास्चराइज नगरिएको दूध

पास्चराइज नगरिएको दूध सेवन शिशुका लागि हानिकारक हुन सक्छ । त्यसैले पास्चराइज गरिएको दूधमात्र पिउनुस् ।

४. मर्क्युरी

यो शिशुको स्नायु प्रणाली विकासका लागि खतरनाक मानिन्छ । मर्क्युरी बढी पाइने माछाहरु स्वर्डफिस, सार्क, टाइलफिस सेवन गर्नुहुन्न । टुना, साल्मन, क्याटफिस, पोलोक माछामा भने कम मक्र्युरी हुन्छन् ।

५. काँचो माछा

नपकाएका मासु स् माछा कम्तीमा पनि १४५ डिग्रीको तापक्रममा पकाएको हुनुपर्छ । राम्ररी नपकाएका मासु र कुखुरा पनि खानुहुन्न ।

६. क्याफिन

गर्भवती महिलाले दैनिक २ सय मिलिग्रामभन्दा बढी क्याफिन खानुहुन्न । एक कप कफीमा ९५ एमजि क्याफिन हुन्छ भने एक कप चियामा ४७ एमजि क्याफिनको मात्रा हुन्छ ।

 

गर्भवती भएको पहिलो महिना कस्ता खानेकुरा खानुपर्छ ?

गर्भधारण गरेको प्रारम्भिक तीन महिना एकदमै सावधानी अपनाउनुपर्छ । यसबेला चक्कर लाग्नु, थकान महसुष हुनु स्वभाविक हो । सामन्य अवस्था भन्दा केहि गाह्रो हुन सक्छ ।

खासगरी यस अवधीमा आफ्नो स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ । यसका लागि खानपानमा ख्याल गर्नुपर्छ ।

१. फल

यस अवस्थामा फलको सेवन गर्नुपर्छ । तर, भूँइकटहर, मेवाबाट बच्नुपर्छ । फलफूलमा भिटामिन भरपुर हुन्छ, जसले शरीरमा उर्जा र शक्ति प्राप्त हुन्छ । सुरुवाती अवस्थामा आउनसक्ने कमजोरीबाट यसले बचचाउँछ ।

२. दुधजन्य उत्पादन

ग्र्भावस्थाको पहिलो महिना दुध वा दुधजन्य पदार्थको सेवन गर्नुपर्छ । दही, चिज, पनिरको सेवन पनि लाभदायक हुन्छ । यसबाट तपाईको शरीरमा आवश्यक पोषक तत्व मिल्छ । गर्भवती महिलाले दिनमा एक लिटर दुध पिउनु राम्रो हो ।

३ . फलामयुक्त खानेकुरा

गर्भावस्थामा फलामयुक्त खानेकुराको सेवन गर्नुपर्छ । जब शरीरमा फलामको मात्रा पर्याप्त हुन्छ, रक्तसंचार राम्ररी हुन्छ ।

त्यसैले गर्भवतीको पहिलो चरणमा फलामयुक्त खानेकुराको आवश्यक्ता हुन्छ, जसले तपाई र गर्भको बच्चामा रक्त संचार र शुद्धि होस् । यसका लागि चुकन्दर, ड्राइ फुड्स, पालक आदिको सेवन गर्नुपर्छ ।

४. फोलेटले भरपुर आहार

गर्भवती भएपछि चिकित्सककहाँ सम्पर्क राखिन्छ । चिकित्सकको सुभाव हुन्छ कि, तपाईले फलिक एसिडयुक्त खानेकुरा सेवन गर्नु आवश्यक हुन्छ । यो सहि कुरा हो, यस्तो खानेकुराले तपाईको गर्भमा रहेको भ्रुणको विकास राम्ररी हुन पाउँछ ।

यदि तपाईले फलिक एसिडयुक्त खानेकुरा सेवन गर्नु भएन भने बच्चाको मस्तिष्कको बिकास हुन पाउँदैन । कतिपय अवस्थमा उनीहरु अपाङ्ग जन्मन सक्छ ।

५. भिटामिन बि-६

गर्भअवस्थाको सुरुवाती दिनमा भिटामिन बि- ६ सबैभन्दा बढी महत्वपूर्ण हुन्छ । अन्न, माछा, बदाम आदिमा भिटामिन बि-६ पाइन्छ । यसको सबैभन्दा राम्रो स्रोत केरा हो ।

गर्भवती महिलाले अण्डा खाँदा हुने फाइदाहरु

गर्भवती महिलालाई दिनमा सामान्य अवस्थामा भन्दा दुइ सय देखि तीन सय सम्म थप क्यालोरी आवश्यकता पर्दछ । यो क्यालोरी आमा र गर्भको बच्चा दुबैको लागि आवश्यक हुन्छ । एउटा अण्डामा ७० क्यालोरी बराबरको इनर्जी हुन्छ । त्यसैले अण्डाको सेवनले गर्भवतीलाई आवश्यक पर्ने क्यालोरीको ठूलो हिस्सा आपूर्ति गर्न सक्छ ।

तर झाडापखाला, वान्ता, फुड प्वाइजनिंग भएको बेलामा भने अण्डा खानु हुँदैन । त्यसको साथै पाचन क्रिया कमजोर भएका महिलाले पनि डाक्टरको सल्लाह लिएर मात्रै अण्डाको सेवन गर्नु राम्रो हुन्छ ।

अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जो गर्भावस्थामा अध्यधिक आवश्यक हुन्छ । गर्भमा रहेको बच्चाका हरेक कोशिकाहरु प्रोटिनले नै बनेका हुन्छन् । गर्भवती महिलाले पर्याप्त अण्डा खानाले भु्रणको राम्रोसँग विकाश हुन पाउँछ ।

अण्डामा सबै १२ थरी भिटामिनका साथै विभिन्न खाले लवण पनि पाइन्छ । अण्डामा पाइने कोलिन तथा ओमेगा थ्री फ्याट्टी एसिडले गर्भको बच्चाको समग्र विकाशलाई बढावा दिन्छ । यसको सेवनले बच्चामा मानसिक समस्या हुने जोखिम कम हुनुका साथै मस्तिष्कको भरपूर विकाश हुन्छ ।

जन्मने बच्चाको दाँत स्वस्थ राख्नको लागि गर्भवती हुँदा यी चिज खानुहाेस्

तल उल्लेखित खानाको सेवनले बच्चाको दाँतको विकासमा र दाँत स्वस्थ राख्न मद्दत गर्दछन्

१. भिटामिन सी सेवन

गर्भवती महिलाले भिटामिन सि सेवन गरेमा बच्चाहरुको दाँत बलियो हुन मद्दत गर्छ। स्रोतहरु ब्रोकाउली, गोलभेँडा, स्ट्रबेरि आदिहुन्।

२. प्रोटीनको सेवन

प्रोटीन हाम्रो शरीरको लागि प्रसस्त मात्रामा चाहिन्छ। बच्चाको दाँत बनाउन यसले ठुलो भुमिका खेल्दछ।यसको सहायताले क्यालसियम र फसफोरसले दाँतको इनामेल बनाउँछ त्यसैले गर्भवति आमाले प्रोटीनको सेवन गर्न जरुरीछ।यसका स्रोतहरु माछा, मासु र डेरीका पदार्थहरु हुन् ।

३. भिटामिन डी सेवन

भिटामिन डी ले क्यालसियम र फसफरसलाई सोस्न र शरिरमा रहिरहन मदत गर्दछ, जुन तत्वहरु दाँत बन्नको लागि अति आवश्यक हुन्छन् । स्रोतहरु माछा, कलेजो, अण्डा, च्याउ, चिज, दुध आदि हुन् ।

४. जोखिमपुर्ण बानीहरु त्याग्ने

धुम्रपान र मध्यपान त्याग्ने।साना बालबालिकाहरु धुम्रपान गर्ने आमाको नाजिक रहेमा असरबढि हुने र शिशुहरुलाइ खोकिलाग्ने, निमोनिया,दम र छातीका समस्याहरु आउन सक्छन् ।

धुम्रपान र मध्यपानको सठ्ठा पौस्टिक आहारको सेवन गर्नाले दाँत मात्र नभएर सम्पुर्ण स्वास्थ्य स्वस्थ रहन्छ।

५. क्यालसियम र फसफोरसको सेवन

शिशु गर्भमा रहेको चौथो महिनामा दाँत र हाडको विकासको लागि क्यालसियम र फसफोरसको आवश्यकता पर्छ र यो आमाले खाएको खानाबाट प्राप्त हुने भएकाले गर्भवती महिलाले खानामा यी खनिज पद्दार्थको सेवन गर्नु आवश्यक मानिन्छ।

दुध र दुधबाट बनेका खाद्यपदार्थ जस्तै चिज, दहि, हरियोसागपात र गेडागुडी क्यालसियम र फसफोरसका स्रोत हुन्।

६. फोलिक एसिडको सेवन

फोलिक एसिड एक भिटामिन हो जसको कमीले शिशुहरुमा ओठ र तालुखुँडे हुने समस्या आउँन सक्छ।त्यसैले गर्भावस्थामा हरियो सागपात, दाल, ब्रोकाउली गोलभेँडा सेवन गर्नाले यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ।

७. भिटामिन ए सेवन

यसले बच्चामा दाँतको विकास मा मद्दत पुर्याउँछ। त्यसैले गर्भवती महिलाले भिटामिन ए को सेवन गर्नु आवश्यक मानिन्छ। यसका स्रोतहरु गाजर, अन्डा, दुध, कलेजो, पाकेको फर्सि र पहेँलो फलफुल हुन् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला ।
तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

सम्बन्धित खवर