बिदेशमा नेपालीहरुको होली हंगामा चर्को रुपमा - आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने - Khabar Nepali
  • आइतबार, असार २१, २०७७

बिदेशमा नेपालीहरुको होली हंगामा चर्को रुपमा – आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने

होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् ।

भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन् । यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

अष्ट्रेलियाको शहर सिड्नीमा स्थायी वा अस्थायीरूपमा बसोबास गरिरहेका तराईवासीहरूको संस्था एन्टा (एशोसिएसन अफ नेपाल तराई इन अष्ट्रेलिया)ले १०औं वार्षिकोत्सवका अवसरमा होली (फागु) मनाएको छ ।

‘एन्टा १०औं वार्षिकोत्सवसँग होली हंगामा’ नाराका साथ मार्च ९ तारिख दिन होली पर्व हर्षोंल्लासका साथ रंग, अबिर खेल्दै शुभकामना आदानप्रदान गरेर मनाइएको छ ।

पाँच सयजना भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा विभिन्न भाषा भाषिका मनोरन्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कन्सुल-जेनेरल दिपककुमार खड़काले होली पर्व तराईबाट नेपालभर छरिएर अष्ट्रेलियासम्म आइपुगिसकेको भन्दै यसले नेपालको संस्कृति विकासमा ठूलो भूमिका खेलिरहेको बताए ।

उनले अष्ट्रेलियाको सरकारी निकायहरू समेतमा होली पर्वको महत्व र विषेशताको बारेमा बताउने र अष्ट्रेलियन संस्कृतिसंग जोड़ने प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

संस्थाका अध्यक्ष अरूणकुमार ठाकुरले कन्सुल जेनरल खड्काको प्रयासप्रति आफू उत्साहित भएको र त्यसको लागि आफू र संस्था सदैव तत्पर रहिरहने बताए ।

कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका विभिन्न पदाधिकारीहरू, अष्ट्रेलियन राजनीतिकका विभिन्न गन्यमान्यहरू, नेपाली समाजका अगुवाहरू, नेपालबाट पाल्नु भएका अविभावकहरू, पत्रकारहरू लगायत बाक्लो उपस्थितिले नेपालकै झझल्को दिइरहेको थियो ।

कार्यक्रमलाई मनोरन्जनात्क बनाउन लागि नेपालबाट बिभिन्न भाषाका विभिन्न कलाकारहरूलाई आमन्त्रण गरिएको थियो । साथसाथै स्थानीय कालाकारहरूको वेजोड प्रस्तुति रहेको थियो ।

कार्यक्रम नेपाली, मैथिली, भोजपुरी र अंग्रेज़ीमा संचालन गरिएको थियो भन्ने कलाकारहरूले पनि मैथिली, भोजपुरी, र नेपाली भाषाका शब्दहरूमा प्रस्तुति दिएका थिए ।

सम्बन्धित खवर