रोजगारीका लागि विदेसिएका ५४५ जना नेपाली कामदार विदेशी जेलमा - ओमान र यूइईमा नेपाली कोमामा - Khabar Nepali
  • आइतबार, असार २१, २०७७

रोजगारीका लागि विदेसिएका ५४५ जना नेपाली कामदार विदेशी जेलमा – ओमान र यूइईमा नेपाली कोमामा

विदेश जान कहाँ सजिलो छ र, के सोचेर गइन्छ र के हुन्छ । कतिले त् सारैनै दुख पाएका हुन्छन । तर अहिलेका भाइबहिनीहरुको एक मात्र सपना हुन्छ, विदेश जाने । उनीहरुलाई ‘तँ ठूलो भएर के बन्छस्’ भनी सोध्यो भने– ठूलो भएर अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युकेतिर जाने भन्छन् ।

जीवनमा सफल हुनु भनेको विकसित देशमा ‘माइग्रेट’ हुनु हो भन्नेकुरा यिनीहरूको मस्तिष्कमा गढेको देखिन्छ । के बन्नेभन्दा पनि कहाँ जाने र आप्रवासन गर्ने भन्ने कुरा यिनीहरूको प्राथमिकतामा छ । कुनै विकसित देशको भिसामात्र लागेमा पनि जीवनमा ठूलो सफलता हासिल गरेझैं केही दिनसम्म अविर दल्ने गरेको हामीले देखे—भोगेका छौं । देश विकासमा संलग्न हुनुपर्ने महत्त्वपूर्ण उमेरमा देशका कर्णधार युवा विदेशमा अदक्ष काम गर्न वा अन्य कुनै पनि बहानामा विस्थापित हुनु देशका लागि विडम्बना हो ।

कलेज भर्नाताक धेरै विद्यार्थीमा कुन विषय र कहाँ पढ्ने अन्योल रहेको पाइन्छ । विद्यार्थीहरू ठूला नाम चलेका कलेजमा बढी शुल्क तिरेर भर्ना लिन इच्छुक देखिन्छन् । कतिपय विद्यार्थीका अभिभावकले घरजग्गा धितो राखेर वा बेचेरसमेत कलेजको चर्को शुल्क तिर्ने गरेको पाइन्छ । तथापि कुन कलेजमा कुन विषयमा भर्ना लिँदा राम्रो जागिर पक्का हुन्छ भन्ने अन्योलले गर्दा विद्यार्थीहरू आफ्नो भविष्य अनिश्चिततातिर धकेल्न पुग्छन् ।

वास्तवमा कुनै पनि देशको सरकार देशका सम्पूर्ण युवालाई स्वदेशमा नै पूर्ण रोजगारी प्रदान गर्न जिम्मेवार हुनुपर्छ । यो सरकारको दायित्व हो । हुनत नेपालमा पूर्ण रोजगारीको परिभाषा फरक छ । धेरैजसोले सरकारी जागिरलाई मात्र पूर्ण रोजगारी मान्छन् भने कतिपयले कुनै पनि नाम चलेको संस्थाको फुलटाइम जागिरलाई पूर्ण रोजगारी मान्छन् । रोजगारीका हिसाबले कतिपय यस्ता विषयजसले स्नातकपछिरोजगारीको न्युनतम पनि सुनिश्चितता दिँदैन वा आफैं उद्यमी बनाउन सिकाउँदैन भने त्यस्ता विषयमा भर्ना नलिनु नै वेश हुन्छ ।

नेपालमा धेरै सजिलो मानिने शिक्षण पेसा कोरिया, जापान लगायत अन्य विकसित मुलुकमा चुनौतीपूर्ण र अपनाउन सबैभन्दा गाह्रो पेसामध्ये एक हो । नेपालमा ‘केही नभए पढाए पनि हुनेनि कतै, त्यत्रा स्कुल—कलेज छन्’ र कतिले त अझ‘खै जागिर नपाएर टिचरमा झुन्डिएकी छ’ जस्ता कुरासमेत गर्छन् । ‘केही काम नपाएर मैले कलेजमा पढाइराखेको छु’ भन्नेहरूका लागि शिक्षण पेसा नभई बाध्यता हो । जसलाई आफूले अपनाएको पेसा बाध्यता हो भन्ने लाग्छ, उसले उक्त पेसामा दत्तचित्त भएर मिहेनत गरी काम गर्छ भन्ने कुरामा शंका रहन्छ ।

सामान्यतया हाइस्कुल अर्थात १२ कक्षासम्म कुन विषय छान्ने भन्ने कुरा, १२ कक्षा पढेपछि कुन विषय पढ्ने भन्ने कुराको लागि हो । तरअधिकांशका लागि स्नातक र स्नातकोत्तर कुन विषय र कुन कलेज छान्ने भन्ने कुराचाहिँ कुन विषय पढेमा सजिलै जागिर पाउन सकिन्छ वा स्वउद्यमी बन्न सकिन्छ भन्नेकुरामा भर पर्छ । राम्रा कलेज वा विश्वविद्यालयमा पढेकाले स्नातक भएको दिन जागिर खान जाने हो, जागिर खोज्न सुरु गर्ने होइन । जागिर खोज्ने काम स्नातक हुनु अघि नै थाल्ने हो ।

यस कुरामा कलेज वा विश्वविद्यालय साथै विद्यार्थी पनि स्पष्ट हुनुपर्छ । प्राय:जसो सबै देशमा यस्तै प्रक्रिया हुन्छ । स्नातक भएपछि जागिर खोज्नेहरूलाई राम्रा कम्पनीले किन अहिलेसम्म जागिर नपाएको होला भनीशंकाको दृष्टिले हेर्नेसमेत विकसित मुलुकमा चलन छ । विकसित मुलुकमा कतिपय ठूला कम्पनीले स्नातक भएको केहीसमयपछि‘इन्ट्रीलेबल’को जागिरको लागि निवेदन नै नलिने पनि गर्छन् ।

जबसम्मकतिजनाले त्यस कलेज वा विश्वविद्यालयबाट पढे र कतिले पढेको विषयमा जागिर पाए मूल्यांकनको अंग हुनसक्तैन, तबसम्म कलेज वा विश्वविद्यालयको गुणस्तर महंँगो ट्युसन फि वा इन्ट्रान्समा कति प्रतिशत पास हुन्छन् वा कोही नाम चलेका व्यक्ति त्यस कलेज वा विश्वविद्यालयमा काम गर्छन्, गर्दैनन् आदि—इत्यादिले निर्धारण गरिरहन्छ र हामी बेरोजगार उत्पादन गरिरहन्छौं । के हामीले विद्यार्थीको भविष्यमाथि खेलवाड त गरिरहेका छैनौं भन्ने कुरा विद्यार्थीको भविष्यप्रति उत्तरदायी छौं भन्ने कुनैपनि कलेज वा विश्वविद्यालयले मनन गर्न अति जरुरी छ ।
हाम्रो कलेजमा पढेका यतिजना विदेश गएका छन् भन्ने कुराले त्यो कलेजको गुणस्तर बताउँदैन । बरु त्यो कलेजमा पढेका कतिजना शतप्रतिशत छात्रवृत्तिमा विदेश गएका छन् भन्ने मापदण्डचाहिँ केही हदसम्म जायज हुनसक्छ । हाम्रो कलेजका विद्यार्थीहरू ठूला कम्पनीमा काम गरिरहेकाहरू हुन् र यहाँ पार्टटाइम पढ्न आउँछन् भन्ने पनि गुणस्तर नाप्ने मापदण्ड हुनसक्दैन । म कलेजमा पढाउन चाहन्न भन्ने नाम चलेको क्याम्पसबाट एकदमै राम्रो नम्बर ल्याएर प्रथम श्रेणीमा एमबीएस गरेको मेरो एकजना भाइ २ वर्षसम्म बेरोजगार थियो ।

उसले काठमाडांैको अति राम्रो भन्ने एक निजी स्कुलबाट नर्सरीदेखि १२ कक्षासम्म पास गरेको हो । उसको दैनिकी नै काम खोज्ने थियो । हालै पनि मेरा चिनजानका बहिनीहरू बेरोजगार छन् । हामीले आफ्ना युवा बेरोजगार हुनुमा उनीहरूको मात्रै दोष देख्नु अलि अमिल्दो कुरा हो, किनकि हामीले पाएको शिक्षा नै स्वरोजगार हुनसक्ने वा जागिरका लागि आत्मविश्वास पैदा गर्नसक्ने लेबलको प्राय: छैन भन्दा पनि हुन्छ ।

नेपालमा धेरै विश्वविद्यालय खुले पनि प्राय: धेरैजसो कलेजले एकैजसो विश्वविद्यालयको पाठ्यक्रम पढाउने भएको हुनाले जुनसुकै कलेजमा पढे पनि खासै फरक हुने अवस्था छैन । जबसम्म विकसित देशहरूको जस्तो एक विश्वविद्यालय र त्यसको एक क्याम्पस पद्धति नभएसम्म कुन कलेजको पढाइ राम्रो भन्ने कुरा अन्योलनै रहने प्राय:निश्चित छ । धेरै विश्वविद्यालय भएमा र विश्वविद्यालयको पाठ्यक्रम पढाउने प्रशिक्षक, प्रशिक्षकहरूको अनुसन्धान, विद्यार्थी र प्रशिक्षकको अनुपात, वैदेशिक विद्यार्थीको अनुपात, विदेशी प्रशिक्षकको अनुपात, विद्यार्थी चयनका मापदण्ड आदि कुराले विश्वविद्यालयहरूको स्तर निर्धारण गर्न सहयोग गर्छ ।

एकजना विदेशी विश्वविद्यालयका प्राध्यापकले मेरै सामुन्ने त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ संकायका एकजना प्राध्यापकलाई सोधेका थिए, ‘म नेपाल भ्रमणमा जाँदा नेपाली सफ्टवेयर कम्पनीहरू धेरै कम देखेँ, तर त्यहाँ वार्षिक ४ देखि ६ हजारसम्म सफ्टवेयर इन्जिनियरहरू स्नातक हुन्छन् । तपाईंहरूलाई तपाईंका स्नातकका बारेमा सोध्यो भने हाम्रा विद्यार्थी स्नातक भएपछि विदेश गएका छन् भनी गर्वसाथ भन्नुहुन्छ । वास्तवमा यसले तपाईंहरूलाई सफल भएको मान्न सकिँदैन । तपार्इंका स्नातकहरू स्वदेशमा भनेको जस्तो काम वा काम गर्ने वातावरण नपाएर नै विदेश गएको हुनुपर्छ ।

तपाईंहरू किन सफ्टवेयर उद्योगलाई विकासगर्नुहुँदैन ? जुन विधामा तपार्इंहरू विद्यार्थी उत्पादन गर्नुहुन्छ, त्यो विधालाई विकास गर्नु वा सरकार वा निजीक्षेत्रलाई गर्न लगाउनु तपार्इंहरूको जागिरको एक हिस्साका साथै सामाजिक उत्तरदायित्व नै हो । जबसम्म तपाईंहरू सफ्टवेयर उद्योगलाई विकास गर्नुहुँदैन, तबसम्म तपाईंहरू उद्योगलाई चाहिने जस्तै विद्यार्थीहरू उत्पादन गर्नुहुन्छ भन्नेकुरामा आशंका रहिरहन्छ र तपाईंहरू विद्यार्थीहरूप्रति उत्तरदायी हुनुहुन्छ भन्ने कुरामा समेत शंका गर्ने ठाउँ रहन्छ ।’ प्रत्युत्तरमा उहाँले ‘तपार्इंले भन्नुभएको कुरा सहीहो र हामी यसमा काम गरिरहेका छौं’ भन्ने जवाफचाहिँ फर्काउनुभएको थियो ।

कुनैपनि कलेज वा विश्वविद्यालयको गुणस्तरको मापदण्ड त्यति सजिलै नाप्न सम्भव छैन, तर स्नातक र स्नातकोत्तर गरिसकेपछि रोजगारी अत्यन्त जरुरी विषय भएकोले यसलाई आधार मानी कलेज छान्ने मापदण्ड बनाउनु अहिलेको समयमा बुद्धिमत्ता मान्न सकिन्छ । वास्तवमा नेपाली युवा विद्यार्थीहरूलाई विदेश मोह भएको कारण, अध्ययनपछिको स्वदेशमै सन्तोषजनक रोजगारी प्रतिभा पलायन रोक्ने पहिलो र प्रमुख रणनीति हुनसक्छ । हामी कमसेकम पढेलेखेका अभिभावकले नेपालमा कलेज वा विश्वविद्यालयहरूलाई तपार्इंको स्नातकहरूमध्ये कति प्रतिशत नेपालमा रोजगार वा स्वउद्यमी छन् भन्नेकुरा सोध्न सुरुवात गरौं ।

अब यो पनि पढ्नुहोस् 

रोजगारीका लागि विदेसिएका ५४५ जना नेपाली कामदार विदेशी जेलमा छन् । उनीहरुको अवस्था कस्तो छ र उनीहरुमाथि ती जेलमा कस्तो व्यवहार गरिँदैछ भन्ने सरकारलाई स्पष्ट जानकारी छैन ।

उनीहरुलाई कानुनी सहायता उपलब्ध गराउने गरी पहल थालेको वैदेशिक रोजगार बोर्डको सचिवालयका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

विभिन्न अभियोगमा कारागरमा जीवन विताउन बाध्य कतिपय नेपालीलाई ‘ब्लड मनी’ जुटाएर नेपाल ल्याउन सम्भव पनि छ । तर, यसमा राज्यले कुनै आर्थिक जिम्मेवारी लिएको छैन, लिने नीति पनि लिएको छैन । तर, गोकर्ण बिष्ट श्रममन्त्री भएर आएपछि विदेशी जेलमा रहेका नेपालीलाई निःशूल्क कानुनी सहायता उपलब्ध गराउने निर्णय भएको थियो ।

सीमित विदेशमा बन्दी कामदारका आफन्तले नेपालमै आर्थिक सहयोग जुटाएर जेलबाट छुटाउँदै आएका छन् ।

तर, अझै पनि ठूलो संख्यामा नेपाली कामदार विदेशस्थित जेल जीवन बिताउन बाध्य छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले निःशुल्क कानुनी सहायता उपलब्ध गराउन विभिन्न देशबाट जेलमा रहेका नेपालीको संख्याबारे तथ्यांक लिएको हो ।

तथ्यांकअनुसार विदेशको जेलमा ५२६ पुरुष र १९ महिला छन् । सबैभन्दा धेरै मलेसियाका जेलमा २०५ जना बन्दी जीवन बिताउँदैछन् । यस्तै यूएईमा १८५, कुवेतमा ५८, साउदीमा ५४, कतारमा ३५, बहराइनमा ५ र ओमानमा ३ नेपाली जेलमा छन् । यूईमा मात्रै १२ जना नेपाली महिला जेल जीवन बिताइरहेका छन् ।

यसैगरी विदशी अस्पतालहरुमा २४ जना नेपाली कोमामा छन् । यसमा २१ पुरुष र ३ महिला छन् । कतारमा ९ जना, साउदीमा ५ जना, बहराइन र कुवेतमा ४/४ जना नेपाली कोमामा उपचारत छन् । ओमान र यूइईमा पनि एक-एक जना नेपाली कोमामा छन् ।

कोमामा रहेका बिरामीलाई नेपाल फर्काएर उपचार गराउने गरी विदेशस्थित नेपाली नियोग, बिरामी कामदारका परिवार र सरकारी अस्पतालहरुमा समन्वय भइरहेको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित खवर