बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ अमिर खानको कार ‘कलेक्शन’ - ३० वर्षमा लगभग १४०० करोड कमाए - Khabar Nepali
  • आइतबार, असोज ०४, २०७७

बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ अमिर खानको कार ‘कलेक्शन’ – ३० वर्षमा लगभग १४०० करोड कमाए

बलिउडमा अभिनेता आमिर खान एकदमै चर्चित छन । उनि बलिउडमा ‘मिस्टर परफेक्शनिस्ट’ भनेर पनि चिनिन्छन् । सन् १९६५ मार्च १४ मा जन्मिएका खान अहिले ५४ औं बसन्त पार गरेका छन् ।

फिल्म क्षेत्रमा कदम राख्नुपहिले उनी टेनिस खेलाडी थिए । उनले ८ वर्षकै उमेरमा नै बलिउडमा पाइला टेकेका अमिरले आफ्नो मेहेनत र परिश्रमले सफलताको शिखर चुम्न सफल भए । करिब ३० वर्ष फिल्म उद्योगमा विताएका खानले ३० वर्षमा लगभग १४०० करोड कमाए । भने उनको वार्षिक आम्दानी १४३ करोड रहेको छ ।

उनको सम्पत्तिमा होमटाउनमा २२ वटा घरहरु छन् । त्यसैगरी पञ्चगनीमा बंगला छ जुन १५ करोड बराबरको छ । मुम्बईको बान्द्रामा ६५ करोड मूल्य बराबरको फ्रिडा अपार्टमेन्ट छ । भारतको साथसाथै उनको अमेरिकामा पनि घर छ ।

उनी कारको सौखिन छन् । उनीसँग ११ करोड मुल्य बराबरको कार छ । उनीसँग मर्सिडिज बेन्ज s600 छ । जसको मूल्य ११.६ करोड पर्छ । उक्त गाडीको शिशा बुलेटप्रुफ छ । यो भन्दा बाहेक उनीसँग रोल्स रोयस कूप कार छ । यसको मूल्य ४.६ करोड पर्छ । उनीसँग बेन्टले कोन्टिनेन्टल पनि रहेको छ । यसको मूल्य ३.१० करोड रहेको छ । साथै, उनीसँग सबैभन्दा सस्तो कार BMW7 र रेन्ज रोवर पनि छ । यसको मूल्य क्रमशः १.२ करोड र १.७ करोड रहेको छ ।

सम्बन्धित खवर